समाज


सेनाले भेट्टाएको एक लाख रुपैयाँ प्रहरीलाई जिम्मा

सेनाले भेट्टाएको एक लाख रुपैयाँ प्रहरीलाई जिम्मा

नेपालखबर
फागुन ६, २०७६ मंगलबार १४:५२,

नेपाली सेनाका जवानले दमक नगरपालिका–६ स्थित गरिमा विकास बैंकको अगाडि भेट्याएको रु एक लाख प्रहरीलाई बुझाएको छ। पूर्वी पृतनाअन्तर्गत नं २१ बाहिनी अड्डामा कार्यरत नयाँ श्रीनाथ गणका जवान मेघबहादुर अधिकारीले एक हप्ता अघि फेला पारेको सो रकम इलाका प्रहरी कार्यालय दमकमा बुझाइएको हो।

नम्बर २१ बाहिनीपति सहायक रथी डा आशबहादुर तामाङका अनुसार सो रकम गरिमा विकास बैंक अगाडि बेलडाँगी सडक खण्डमा भेटिएको थियो। हालसम्म रकम हराउने व्यक्ति सम्पर्कमा नआएको हुँदा दमक इप्रकामा बुझाइएको उहाँको भनाइ छ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले स्थानीय सञ्चारमाध्यमबाट र प्रहरीको फेसबुक पेजबाट सूचना जारी गरिरहेको बताउँदै भने, ‘आजसम्म कोही दाबी गर्न आएका छैनन्। प्रमाणसहित दाबी गर्न आएमा सो रकम फिर्ता गरिदिन्छौँ।’ उनले रकम दाबी गर्न कोही नआएमा कानूनबमोजिम जिल्ला प्रशासन कार्यालय झापामा बुझाइदिने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad