काठमाडौँमा जारि माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिता अन्तर्गत प्रतियोगिताको अन्तिम दिन अर्थात भोली बुधबार सेमि फाईनल तथा फाईनल चरणका खेलहरु हुदैँछन्।
पहिलो सेमिफाईनलमा भारतीय दुताबास र एनसेल ‘ए’ तथा दोस्रो सेमिफाईनलमा कामना सेवा विकास बैंक र सिभल बैंक आमनेसामने हुँदैछन्। क्वाटर फाइनल अन्तर्गत आज भएको पहिलो खेलमा एनसेल ‘ए’ ले सेन्चुरी बैंकलाई ९ रन तथा दोस्रो खेलमा कामना सेवा विकास बैंकले एनआआइसी एसिया बैंकलाई ३७ रनले हराउँदै सेमिफाईनलमा आफ्नो स्थान सुरक्षित गरेका हुन्।
त्यस्तै तेस्रो खेलमा सिभिल बैंकले मेगा बैंकलाई ४ विकेटले तथा चौथो खेलमा भारतीय दूताबासले प्राईम कर्मसियल बैंकलाई ३ विकेटले हराउदैँ सेमिफाईनल प्रवेश गरेका हुन्। अब भोली हुने सेमिफाईनलका बिजेताले एकआपसमा फाईनल खेल खेल्नेछन्।
गत शनिबारदेखि कीर्तिपूरस्थित त्रिभुवन अन्तराष्ट्रिय क्रिकेट रंगशालामा विभिन्न २३ कर्पोरेट टिम समेटेर सो प्रतियोगिता सञ्चालन भएको हो।

प्रतिक्रिया