ad ad

राजनीति


हेटौँडा–काठमाडौँ सुरुङमार्ग पहिलो प्राथमिकता : मन्त्री फुँयाल

हेटौँडा–काठमाडौँ सुरुङमार्ग पहिलो प्राथमिकता : मन्त्री फुँयाल

नेपालखबर
फागुन ६, २०७६ मंगलबार ७:१६,

बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले प्रदेश राजधानी हेटौँडा र संघीय राजधानी काठमाडौँलाई जोड्ने भीमफेदी–काठमाडौँ सुरुङमार्ग निर्माणलाई आफूले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।

मन्त्री फुँयालले मुलुकको समृद्धिका लागि प्रधानमन्त्रीले देखाएको सपना र बागमती प्रदेशका मुख्यमन्त्रीले तयार पारेको योजना पूरा गर्न आफू लागिपर्ने बताए।

उनले प्रदेशका १३ वटा जिल्लाका ११९ वटै स्थानीय तहको विकासका लागि आफूले दिनरात नभनी काम गर्ने बताए। मन्त्री फुँयालले भने, ‘‘अबको तीन महिनामा आफूले गरेको कामको विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नेछु।’

उनले कर्मचारीतन्त्रलाई जनतामुखी बनाउन मुस्कानसहितको सेवाको अवधारणा पूर्णरुपमा कार्यान्वयन गरिने बताए। कर्मचारी क्षेत्रलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो। उनले पारदर्शिता र जवाफदेहीप्रति पूर्ण प्रतिवद्ध भएर अगाडि बढ्ने उल्लेख गरे।

काठमाडौँ जिल्ला क्षेत्र नम्बर ३ तथा प्रदेशसभा “ख” बाट प्रदेश सभा सदस्यमा निर्वाचित फुँयाल यसअघि संविधानसभा सदस्य थिए। नेकपा बागमती प्रदेशका प्रमुख सचेतक समेत रहेका फुँयाल लामो राजनीतिक यात्रापछि मन्त्री बनेका हुन्। विसं २०३६ सालदेखि विद्यार्थी राजनीतिमा लागेका फुँयाल २०४१ सालमा तत्कालीन मालेको सदस्य भएको थियो।

विसं २०६५ सालमा सम्पन्न पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनपछि केन्द्रीय सदस्यका रुपमा निर्वाचित भएका फुँयाल २०४९ र २०५४ सालमा काठमाडौँको आलापोट गाविसको अध्यक्ष, २०७० सालको संविधानसभाको चुनावमा निर्वाचित भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .