डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका अनुसार १४ जना पर्यटकलाई अमेरिकाको विमानस्थलबाटै फर्काएको थियो। अन्य १ सय २६ पर्यटकलाई सिमा नाकाबाट फर्काएको जनाइएको छ।
फेब्रुअरी २ देखि १२ सम्ममा ती पर्यटकहरुलाई अमेरिका प्रवेश गर्न नदिएको हो।
चीनमा हालै भ्रमण गर्ने कुनै पनि देशका पर्यटकलाई अमेरिकाले भिसा नदिने नियम लागू गरेको अवस्थामा पर्यटकहरुलाई अमेरिकामा प्रवेश गर्न नदिएको खबर सार्वजनिक भएको हो। एजेन्सी
प्रतिक्रिया