राजनीति


एकताका लागि पशुपतिजी र प्रकाशजीको फोनको प्रतीक्षा छौँ : थापा

एकताका लागि पशुपतिजी र प्रकाशजीको फोनको प्रतीक्षा छौँ : थापा

नेपालखबर
फागुन ६, २०७६ मंगलबार ६:१६,

 राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा र राप्रपा (संयुक्त)बीच एकताको सहमति भइसकेको दावी गरेका छन्।

नेतृत्व ,सिद्धान्त र चुनाव चिन्हको विषय टुंगो लागिसकेको जानकारी दिँदै अध्यक्ष थापाले आफू पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीको फोनको प्रतीक्षामा रहेको बताए।

‘एकताको सबै टुंगो लागिसक्यो’, अध्यक्ष थापाले भने्, ‘म त पशुपतिजी र डाक्टर लोहनीजीको टेलीफोनको प्रतीक्षामा छु।’

मंगलबार बिहान बुटवलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष थापाले महाधिवेशनलाई बल पुग्ने गरी पार्टी एकता हुने स्पष्ट पारे।

‘उहाँहरुले खबर नै गर्नु भएन भने चुप लागेर बस्ने कुरा भएन, संगठन निर्माणको काम निरन्तर अघि बढ्छ’, उनले भने।

अध्यक्ष थापाले नागरिकको अपेक्षाअनुसार सरकारले काम गर्न नसके पनि पाँच वर्षसम्म कायमै रहने बताए। ‘विगतमा अस्थिरताबाट जनता वाक्क भएका छन्। सरकार ढाल्ने कुरामा जनताको रुचि छैन’, अध्यक्ष थापाले भने, ‘जनतालाई स्थिर सरकार चाहिएको छ।’

भ्रष्टाचार, बेथिति र ब्रम्हलुटको अन्त्यबिना मुलुकले स्थायित्व पाउन नसक्ने उनको धारणा थियो। राजा र राजसंस्थालाई अनावश्यक बिबादमा पार्न नहुने भन्दै चुनावभन्दा माथिको साझा संस्थाको रुपमा राजसंस्थालाई राख्नु पर्ने उनको भनाई थियो।

अध्यक्ष थापाले एमसीसीको देशको हितमा रहे पनि नागरिकमा अनेक आशंका पैदा भएकाले सरकारले आधिकारिक धारणा बाहिर ल्याउनुपर्ने बताए। ‘सम्झौताप्रति भ्रम उत्पन्न भएको छ, त्यो चिर्ने काम सरकारले गर्नुपर्छ’ उनले भने, ‘एमसीसी संसद्मा पारित हुने विषय ठूलो नभए पनि आधिकारिक धारणासहित कार्यान्वयनमा लैजानुपर्छ।’

पत्रकार सम्मेलनमा वरिष्ठ नेता दीपक बोहरा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष तोरणबहादुर गुरुङ, प्रदेश अध्यक्ष प्रदीप उदय, सहायक महामन्त्री राजाराम बर्तौलाको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad