पूर्व प्रधानमन्त्री एवं समाजवादी दलका अध्यक्ष डा. बाबुराम भट्टराईले कृष्णबहादुर महराको मुद्दा कानुनी नभएर नैतिक प्रश्न भएको बताएका छन्।
सोमबार साँझ ट्विट गर्दै डा. भट्टराईले आफ्ना पूर्व सहकर्मी महराप्रति कटाक्ष गरेका छन्। ‘महराको मुद्दा कानूनी नभएर नैतिक हो भन्ने मेरो अनुमान अनुरूप नै फैसला आएछ! शायद सत्य त्यही हो! मियाँ बीबी राजी तो क्या करेगा काजी जो भनिन्छ!’
उनले अगाडि लेखेका छन्, ‘तैपनि सार्वजनिक जिम्मेवारी बहन गर्ने व्यक्ति निजी जीवनमा पनि सतर्क रहनैपर्छ! जे हुनु भैगयो! अब बृहद सामाजिक÷राष्ट्रिय मुद्दामा केन्द्रित होऔं!’
महराको मुद्दा कानूनी नभएर नैतिक हो भन्ने मेरो अनुमान अनुरूप नै फैसला आएछ! शायद सत्य त्यही हो!मियाँ बीबी राजी तो क्या करेगा काजी जो भनिन्छ! तैपनि सार्वजनिक जिम्मेवारी बहन गर्ने व्यक्ति निजी जीवनमा पनि सतर्क रहनैपर्छ!जे हुनु भैगयो! अब बृहद सामाजिक/राष्ट्रिय मुद्दामा केन्द्रित होऔं! https://t.co/3pFycAQ4Hv
— Baburam Bhattarai (@brb1954) February 17, 2020Shares

प्रतिक्रिया