अटो


सशस्त्र प्रहरीद्वारा कागजपत्र बिनाकाे भारतीय कार बरामद

सशस्त्र प्रहरीद्वारा कागजपत्र बिनाकाे भारतीय कार बरामद

नेपालखबर
फागुन ५, २०७६ सोमबार १४:२७,

सिरहा जिल्लाको नवराजपुर गाउँपालिका ४ सोनवर्षा स्थित हुलाकी सडकबाट एपीएफ टोलीले कागजपत्र नभएको एउटा कार बरामद गरेको छ।

बीआर ०६ ए एम ८०१० नम्बरको भारतीय कारलाई शंका लागि जाँच गर्दा उक्त कारको काजपत्र नभेटिएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नवराजपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो।

एपीएफ टोलीले बरामद कार ठाडी भन्सार कार्यालय सिरहामा बुझाएको छ। बरामद कारको भन्सार दाखिला मुल्य १५ लाख रुपैयाँ रहेको छ।

यस्तै, एपीएफ टोलीले बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १६ स्थित चौलिकाबाट एपीएफ टोलीले सोमबार करीव एक लाख २३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेक्वा बाँकेबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो। बरामद सामान भन्सार कार्यालय नेपालगञ्जमा बुझाईएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad