ad ad

राजनीति


बालुवाटार र संसदबाट समाजवादी क्रान्ति सम्भव छैन : पूर्वप्रधानमन्त्री खनाल

बालुवाटार र संसदबाट समाजवादी क्रान्ति सम्भव छैन : पूर्वप्रधानमन्त्री खनाल

नेपालखबर
चैत २०, २०८० मंगलबार १६:२२, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बालुवाटार र संसदबाट मात्रै समाजवादी क्रान्ति सम्भव नहुने बताएका छन्।

मंगलवार काठमाडौंमा समाजवादी मोर्चाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले क्रान्ति बालुवाटार र संसदबाट मात्रै सम्भव नरहेको जिकिर गर्दै क्रान्तिका लागि सबैभन्दा ठूलो माध्यम सडक रहेको बताए। उनले सडकबाट जनताका आवाजहरु बुलन्द गरी एकत्रित बनाएर आन्दोलित हुन जरुरी रहेको बताए।

उनले सदन र सडकलाई सँगसँगै उपयोग गरेमात्रै समाजवादी क्रान्ति सम्भव हुने बताए। उनले जनताको इच्छालाई बुझेर एकतावद्ध गरी आन्दोलित गर्ने कामहरु नगरीकन नेपाली विशेषताको समाजवाद आउन नसक्ने बताए।

उनले अहिलेको सरकार विचार मिल्नेहरुको सरकार भएकाले प्रगतिशिल नीतिका कार्यक्रमहरु अघि बढाउन आवश्यक रहेको बताए।

उनले भने, ‘बिना संघर्ष केही पनि हुनेवाला छैन। खाली बालुवाटार र संसदबाट क्रान्ति हुँदैन। नेपाली विशेषताको समाजवादी त्यहाँबाट मात्रै आउँदैन। हामीले सडकबाट संघर्ष गर्नुपर्छ। सदन र सडकलाई हामीले उपयोग गर्नैपर्छ। सदनको पनि उपयोग गर्नैपर्छ तर सडक प्रमुख कुरा हो।’

उनले भ्रष्टाचारलाई उन्मुलन गर्न सरकारले आवश्यक पहल गर्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .