खेल


बरोडालाई नेपाली टोलीले दियो १५७ रनको लक्ष्य

बरोडालाई नेपाली टोलीले दियो १५७ रनको लक्ष्य

तस्बिर : क्यान


नेपालखबर
चैत २०, २०८० मंगलबार १६:२७, काठमाडौँ

भारतको गुजरातमा जारी एसएमएस फ्रेन्डसिप कप त्रिकोणात्मक सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले बरोडालाई जितका लागि १ सय ५७ रनको लक्ष्य दिएको छ।

गुजरातको वापीस्थित साई मेघपान स्पोर्टस् लाइफ मैदानमा बरोडाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५६ रनको योगफल तयार पारेको हो। 

नेपालका लागि कुशल मल्ल ४० र दीपेन्द्रसिहं ऐरी ५ रनमा नटआउट रहे। 

सन्दीप जोरा २९ रन बनाउँदा रन आउट हुन पुगे। अनिल कुमार साह २५ रन बनाएको अवस्थामा क्याच आउट भए।

कप्तान रोहित पौडेल १८ को अवस्थामा रन आउट भए। गुलशन झा १३ रनमा क्याच आउट भए। 

बरोडाका लागि बाबा खानले २ विकेट लिए। मोहित मोङ्गिया र परिक्षत पटिदारले समान एक-एक विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .