ad ad

राजनीति


मेलम्चीको पानी आउन अब धेरै समय लाग्दैन : मन्त्री मगर

मेलम्चीको पानी आउन अब धेरै समय लाग्दैन : मन्त्री मगर

नेपालखबर
फागुन १, २०७६ बिहिबार १०:५८,

खानेपानी मन्त्री बिना मगरले उपत्यकाबासीले भोगिरहेका खानेपानीको समस्या हल गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) थप मेहनत गर्नुपर्ने बताएकी छन्।

 लिमिटेडको बाह्रौं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले काठमाडौं उपत्यकाबासीले वर्षौंदेखि झेलिरहेका समस्याको हल हुने दिन नजिकिंदै गईरहेको बताउँदै त्यसका लागि केयुकेएल सक्षम बन्नुपर्ने बताइन्।

‘मेलम्ची आइसकेपछि तपार्ईंहरुले धेरै काम गर्नुपर्ने छ’, उनले भनिन्, ‘ सुरुका केही वर्ष तपाईंहरुले भोक र निद्रा नभनी काम गर्नुपर्ने हुनसक्छ। त्यसका लागि तयार भएर बस्नुहोला।’

मन्त्री मगरले मेलम्ची जनताको प्रत्यक्ष जीवनसँग जोडिएको विषय भएकाले केयुकेएलले चुस्त व्यवस्थापकीय ढंगबाट काम गर्नुपर्ने बताइन्। हिजोका कठिनाई, समस्या र अप्ठ्यारो भोगाइबाट पाठ सिक्दै अब परिश्रमका साथ काम गर्नुपर्ने समय आएको उनले बताइन्।

‘मेलम्चीको पानी आउन अब धेरै समय छैन। पानीको सही व्यवस्थापन गर्न केयुकेएल प्रतिबद्ध भएर लाग्नुपर्छ’, उनले भनिन्, ‘केयुकेएलको कार्य क्षमताका विषयमा आम जनताले चासोका साथ हेरिरहेका छन्।’ 

मन्त्रालयका सचिव माधव बेल्बासेले केयुकेएलको भूमिका बढ्दै गएको बताउँदै यसलाई अझै सुधार गरेर र क्षमता बढाएर अघि गरेर बढ्नुपर्ने बताए। उनले पुरानो वितरण प्रणालीलाई नछोडिकन मेलम्चीको पानी पनि समानुपातिक ढंगले वितरण गर्ने गरी क्षमता वृद्धि गर्नुपर्ने उल्लेख गरे।

कार्यक्रममा मन्त्री मगरले केयुकेएलले गुनासो सम्बोधन गर्न विकास गरेको मोबाइल एप र रिजर्भवायर पानी ट्यांकीमा पानीको क्षमता मापन गर्ने प्रविधिको सार्वजनिक गरेकी थिइन्। धारामा पानी आए नआएको र चुहावट भएको अवस्थाबारे जानकारी दिने र गुनासो सम्बोधन गर्नेगरी एप तयार गरिएको छ।

सो अवसरमा मन्त्री मगरले क अवकाश पाएका कर्मचारीहरुलाई सम्मान गर्नुका साथै उत्कृष्ट शाखाहरुलाई पुरस्कृत गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .