ad ad

राजनीति


जसपा पनि सरकारमा सहभागी हुने, उपेन्द्र यादव स्वास्थ्यमन्त्री

जसपा पनि सरकारमा सहभागी हुने, उपेन्द्र यादव स्वास्थ्यमन्त्री

नेपालखबर
फागुन २४, २०८० बिहिबार १२:५१, काठमाडौँ

जनता समाजवादी पार्टी सरकारमा सहभागी हुने भएको छ। 

पार्टीको बिहीबार बिहान बसेको कार्यकारिणी समितिको बैठकले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो। 

एमाले-माओवादी-रास्वपा र जसपा मिलेर बनेको नयाँ गठबन्धन सरकारमा अध्यक्ष उपेन्द्र यादव आफैँ सहभागी हुने भएका हुन्।  

यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या, नवलकिशोर शाह वन तथा वातावरण, स्वास्थ्य राज्यमन्त्रीमा दीपक कार्कीलाई पठाउने निर्णय भएको जसपाका एक नेताले बताए। 

गत सोमबार नयाँ सत्ता गठबन्धन बनेसँगै बिहीबार पुनर्गठन भएको मन्त्रिपरिषदमा जसपासँगै सरकारमा सहभागी हुने दलको संख्या पाँच पुगेको छ।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .