प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सत्ता समीकरणमा परिवर्तन आएसँगै यसअघि सांसदले उठाएका प्रशनको जवाफ पाइसकेको दाबी गरेका छन्।
यसअघि संसद् बैठकमा बालकुमारी घटना, अख्तियारमा भएको बयान लगायतका विषयमा विभिन्न मन्त्रीहरूको राजीनामा माग भएको थियो। सोप्रति लक्षित गर्दै प्रधानमन्त्री प्रचण्डले सांसदका प्रश्नको सम्बोधन भइसकेको दाबी गरेका हुन्।
‘राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनर्गठनसँगै माननीयज्यूका केही प्रश्नले जवाफ पाइरहेका छन्। बालकुमारी घटनाको विषयमा सरकारको पुनर्गठनसँगै केही हदसम्म सम्बोधन भइसकेका छन्,’ उनले भने।
42
Shares
प्रतिक्रिया