प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले काँध मात्रै नभई खुट्टा फेर्नुपरे पनि फेर्दा हुने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरेका छन्।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको शून्य समयमा बोल्दै उनले हराएको प्रधानमन्त्री भेटिएको भन्दै बधाई र धन्यवाद दिए।
‘हराएको प्रधानमन्त्री भेट्ने अवसर प्राप्त भयो, हराएको प्रधानमन्त्री भेटिएकोमा सबैलाई बधाई र धन्यवाद भन्न चाहन्छु,’ खतिवडाले भने, ‘सरकारलाई जनताले पनि भेटोस्। सहकारी पीडितले न्याय पाऊन्। सरकारी ठगले कारबाही पाऊन्। मिटरब्याजी र लघुवित्त पीडितले न्याय पाऊन्।’
उनले प्रधानमन्त्रीले सत्ता समीकरण फेरिएको प्रसंगतर्फ इंगित गर्दै भने, ‘काँध फेर्ने कुरा आयो, काँध नफेरेर प्रधानमन्त्रीजी खुट्टा फेर्न तयार हुनुहुन्छ भने त्यो पनि फेरिरहनुहोस्। त्यसमा पनि शुभकामना। छोरी नगरपालिकाको कुरा आएको थियो, बा नगरपालिका पनि घोषणा गरियोस्।’
Shares
प्रतिक्रिया