ad ad

राजनीति


उषा गुरुङको प्रश्न : कोसीको मुख्यमन्त्री माओवादीलाई दिन खोज्नेहरूलाई किन कारबाही भएन?

उषा गुरुङको प्रश्न : कोसीको मुख्यमन्त्री माओवादीलाई दिन खोज्नेहरूलाई किन कारबाही भएन?

नेपालखबर
फागुन ९, २०८० बुधबार १९:५९, काठमाडौँ

नेपाली कांग्रेस महासमिति सदस्य एवम् संविधानसभा सदस्य उषा गुरुङले कोसी प्रदेशमा कांग्रेसको भागमा आएको मुख्यमन्त्री आफैंले लिँदा केन्द्रीय नेतृत्वलाई टाउको दुखेको भन्दै प्रश्न गरेकी छन्।

महामन्त्री विश्वप्रकाश शर्माको प्रतिवेदनमा आएको कोसी प्रकरणको विवरणलाई उनले आपत्तिजनक भनिन्।

ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा प्रतिवेदनमाथिको छलफलमा बोल्दै उनले कांग्रेसको भागमा आएको मुख्यमन्त्री माओवादीलाई दिनेहरूलाई किन कारबाही गर्न नसकेको भन्दै प्रश्न गरिन्।

उनले महामन्त्रीहरूको प्रतिवेदन पनि एक भएर आउन नसकेको भन्दै आलोचना गरिन्। 

'कांग्रेसको भागमा आएको मुख्यमन्त्री पद माओवादीलाई दिन खोज्नेहरुलाई किन कारवाही भएन? प्रतिवेदन एक ठाउँमा अडिन सकेन? कोसीमा अहिले जे भयो राम्रो भएको छ', उनले भनिन्। 

उनले हारेकाहरूलाई मात्र पटक पटक पद दिने हो भने पार्टीभित्र न्याय र समानता नहुने बताइन्। 

'केन्द्रीय सदस्य पदमा मनोनीत गर्नुछ भने महाधिवेशनमा भाग लिन नदिऊँ न। केन्द्रीय समितिमा हार्ने अनि फेरि मनोनित? यो मानमर्दन भयो, न्याय अन्याय छुट्याउनु पर्छ। यसको जवाफ दिनुपर्छ', उनले भनिन्।

गुरुङले धर्म र जातको आगो लगाएर देश जलाउने काममा सांसदसमेत रहेका केन्द्रीय सदस्यहरू लागिपरेको भन्दै आक्रोश पोखिन्।

उनले देश एकल जात र धर्मको मात्रै नभएको स्मरण गराइन्। कोसी प्रदेशको नामकरणमा पनि उनले आपत्ति जनाइन्। खोला र पहाड मात्रै देश नभएको उनको तर्क छ।

'संविधानविरोधी नबनौं, एकल धर्म र एकल जातिको देश होइन। केन्द्रीय सदस्यको नेतृत्वमा देशलाई जातीय धार्मिक द्वन्दमा लाने काम भएको छ। यसको विरोध छ। कोसीको नाममा हतार भएको छ। खोला पहाड मात्रै देश हो र? नामाकरण गर्दा पहिचानलाई पनि स्वीकार्नु  पर्छ', उनले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .