ad ad

राजनीति


एमाले केन्द्रीय कमिटी बैठक : पार्टीको संसदीय भूमिका कमजोर भयो

एमाले केन्द्रीय कमिटी बैठक : पार्टीको संसदीय भूमिका कमजोर भयो

नेपालखबर
फागुन ९, २०८० बुधबार २०:५, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका केन्द्रीय किमिटी सदस्यहरुले पार्टीको संसदीय भूमिका कमजोर भएको आवाज उठाएका छन्।

बुधवार च्यासलमा केन्द्रीय कमिटी सदस्यहरूले संसदीय क्षेत्रको काम कमजोर भएकाले संसदीय विभाग र दललाई प्रभावकारी ढंगले संसदमा प्रस्तुत हुन र जनताका मुद्दामा केन्द्रित हुनका लागि आवश्यक निर्देशन दिनुपर्ने माग उठेको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।

उनले विकास निर्माण सम्बन्धी र जनताका सरोकारका मुद्दाहरुमा पार्टीका तर्फबाट अगुवाई र नेतृत्व गर्नेगरी उठाउनुपर्ने आवाज उठेको बताए।

उनले भने, ‘संसदीय क्षेत्रको काम कमजोर भयो, संसदीय विभाग र दललाई प्रभावकारी ढंगले संसदमा प्रश्तुत हुन र जनताका मुद्दामा केन्द्रित हुनका लागि यहाँ बहसमा मुद्दाहरु उठेका छन्। त्यसरी नै जनताको विकास निर्माण सम्बन्धी जाने एजेन्डाहरू छन्। त्यसलाई दह्रोगरी पक्रेर जनताका सरोकारका मुद्दाहरुमा पार्टीका तर्फबाट अगुवाई र नेतृत्व गर्नेगरी उठाउनुपर्छ भनेर बहस भएको छ।’

गौतमले आजको बैठकमा विभाजित भएका नौ वटा समूहरुमा पार्टीमा प्रस्तुत भएका चार वटा कार्य योजनासहितका अवधारणाहरुमाथि सबिस्तार छलफल भएको बताए।

गौतमका अनुसार विभाजित भएका नौ वटा टिमहरुमा प्रत्येक टिमबाट प्रस्तुत कार्ययोजनालाई भोलि केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गर्नेगरी टिम लिडर तोकिएको छ।

कोशीबाट पार्टी अध्यक्ष घनश्याम खतिवडा, मधेस प्रदेशमा चण्डेश्वर मण्डल, वागमतीमा कैलाश ढुंगेल, गण्डकीमा नवराज शर्मा, लुम्बिनीमा राधेकृष्ण कँणेल, कर्णालीमा गुलावजंग शाह र सुदूरपश्चिममा कृष्णप्रसाद जैसीले र जनसंगठनको तर्फबाट पार्टी केन्द्रीय कमिटी सदस्य पेम्बा लामाले आफ्नो समूहको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्नेछन्।

उनले बिहीवारको बैठकमा छलफल भएका कुरालाई राख्नेगरी नेतृत्व तोकिएको बताए।

उनले प्रस्तुत भएका प्रतिवेदनमा पार्टी कमिटीलाई व्यवस्थित ढंगले सञ्चालन गर्न पार्टीको विधान र नियमावलीको प्रभावकारी कार्यान्वयन हुनुपर्ने, कमिटी प्रणालीलाई स्थापित गर्नुपर्ने, पार्टीभित्र एउटा आचारसंहीता लागू गराएर पार्टीभित्र उठ्ने गरेका अनुशासनहीनता, आचरणका कुराहरु, विधि पद्धतिका कुराहरुलाई नियन्त्रण गर्नुपर्ने, त्यसका मुद्दा छानबिन गर्नुपर्ने र त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्ने भन्ने विषय गम्भीरतापूर्वक उठेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .