ad ad

राजनीति


विश्वप्रकाशको प्रतिवेदन : गठबन्धनको समस्या ढाकछोप गर्दा संकट आउन सक्छ (पूर्णपाठ)

विश्वप्रकाशको प्रतिवेदन : गठबन्धनको समस्या ढाकछोप गर्दा संकट आउन सक्छ (पूर्णपाठ)

फाइल तस्बिर


नेपालखबर
फागुन ४, २०८० शुक्रबार १४:१५, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पाँच दलीय गठबन्धनमा रहेका दलहरूले स्वतन्त्र गतिविधि गर्न नपाएको बताएका छन्। 

पार्टीको फागुन ७ गतेदेखि सुरु हुन लागेको महासमिति बैठकका लागि तयार पारिएको राजनीतिक प्रतिवेदनमा शर्माले गठबन्धनबारे उक्त कुरा उल्लेख गरेका हुन्। 

शर्माले कोसी प्रदेशमा गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनसहितका राजनीतिक घटनाक्रमलाई लिएर गठबन्धनका अन्य दलले कांग्रेसमाथि आरोप लगाइरहेका सन्दर्भमा यस्तो बताएका हुन्। 

‘कोशी प्रदेशमा पछिल्लो पटक सरकार बनाउँदा र माघ ११ गतेको राष्ट्रिय सभा निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार पराजित हुँदा सहयात्री दलले हामीप्रति असन्तोष प्रकट गरेको स्थिति छ,' उनले प्रतिवेदनमा भनेका छन्, 'यस घटनाक्रमलाई गम्भीर समीक्षासहित कमजोरी पहिचान गर्न र सहमतिको बाटोबाट निदानको उपाय पत्ता लगाउन जरुरी छ।’

महामन्त्री शर्माले कांग्रेस–माओवादी संयुक्त सरकार पाँचै वर्ष टिक्ने दाबी गरिरहेका बेला गठबन्धनमा देखिएको समस्यालाई ढाकछोप गरिँदा समस्या आउन सक्ने बताएका छन्। समस्याको सही निदान नभए गठबन्धनको भविष्यमै प्रश्न उठ्न सक्ने पनि शर्माले जनाएका छन्।

‘गठबन्धन सरकार पाँच वर्ष चल्नुपर्छ भन्ने अपेक्षा, निर्णय र चाहना बोकिरहँदा समस्याको ढाकछोपले होइन, खुला छलफल र आपसी विश्वासले मात्रै त्यो सम्भव हुने तथ्य भुल्न मिल्दैन', उनले भनेका छन्, ‘हामीले के हेक्का राख्नैपर्छ भने गठबन्धन छोड्न हामी कुनै दल स्वतन्त्र छौँ, तर गठबन्धनमा रहेर स्वतन्त्र गतिविधि गर्न हामी स्वतन्त्र छैनौँ।’ 

महासमिति बैठकमा प्रस्तुत गर्नुअघि परिमार्जनका लागि शर्माद्वारा केन्द्रीय कार्यसमिति बैठकमा १९ पृष्ठ लामो समसामयिक राजनीतिक प्रस्ताव पेश गरिएको हो।

जसमा लोकतन्त्रको विकल्प, गठबन्धन, सरकारमा सहभागिता, नेपालमा सुशासन, नागरिकका असन्तुष्टि, राजनीतिको साझा कार्यभार र राजनीतिले चिन्नुपर्ने, चिर्नुपर्ने र सहकार्यमा जोड्नुपर्ने नेपाली समाजको मनोविज्ञानसहित सात विषय समेटिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .