ad ad

खेल


सेमिफाइनलमै टुंगियो नेपालको यात्रा, मलेसियासँग ४ विकेटले पराजित

सेमिफाइनलमै टुंगियो नेपालको यात्रा, मलेसियासँग ४ विकेटले पराजित

तस्बिर : क्यान नेपाल


नेपालखबर
फागुन ४, २०८० शुक्रबार १४:२१, काठमाडौँ

मलेसियासँग ४ विकेटले पराजित हँदै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसीसी महिला प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरिएको छ।  

शुक्रबार भएको दोस्रो सेमिफाइनलमा मलेसियासँग पराजित भएसँगै नेपालको यसै वर्ष हुने टी–२० एसिया कप खेल्ने सपना समेत अधुरै रहेको छ। 

नेपाललाई हराएको मलेसियाले फाइनलमा स्थान बनाउनुका साथै एसिया कपमा समेत स्थान पक्का गर्‍यो।  

मलेसियाले अब उपाधिका लागि आइतबार युएईसँग खेल्नेछ। आजै भएको पहिलो सेमिफाइनलमा युएईले थाइल्यान्डमाथि ४ विकेटको जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको थियो।  

नेपालले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो। 

मलेसियाका लागि एलिसा हन्टरले उत्कृष्ट ब्याट्रि गरिन्। एलिसाले अन्तिम ओभरको पहिलो र तेस्रो बलमा चौका प्रहार गरिन्। चौथो बलमा दुई र पाँचौ बलमा १ रन लिदै मलेसियालाई जित दिलाइन्। 

एलिसा ६९ रनमा नटआउट रहिन्। ५३ बलको सामना गरेकी उनले ६ चौका प्रहार गरिन्। माहिरा इज्जती १६ र मास इलियास १३ रनमा आउट भए। अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

कविता जोशीले १५ औँ ओभरमा दुई विकेट लिर्दै मलेसिायालाई दबाबपुर्ण अवस्थामा पुर्‍याएकी थिइन्। 

अन्तिम ओभरमा कविता कुवँरले ११ रन दिइन्। कविताले १५ औँ ओभरको चौथो बलमा माहिरन इज्जतलाई १६ रनमा रुविना क्षेत्रीको हातबाट क्याच आउट गराइन्।

त्यही ओभरको अन्तिम बलमा इन्तल जमाहिदयालाई एलबीडब्लु धरापमा पारिन्। 

नेपालका लागि सीता राना मगर र कविता कुवँरले समान दुई विकेट लिए। कविता कुवँर र रुविना क्षेत्रीले समान एक विकेट आफ्नो नाममा गरे। 

त्यसअघि क्वालाम्पुरको वायोमास ओभलमा टस जतेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १५ रनको योगफल तयार पारेको थियो।  

नेपालका लागि कप्तान इन्दु बर्माले २९ रनको योगदान दिइन्। डली भट्ट २५ रन बनाउँदा रन आउट भइन्। 

ओपनर कविता कुँवर २३ रन बनाउँदा रन आउट भइन्। रुविना क्षेत्रीले २० रन थपिन्। कविता जोशी २ रन बनाउँदा रन आउट भइन्।  

मलेसियाका लागि माहिरन इज्जतीले २ विकेट लिइन्। विनिप्रलेड डुराइसिंघमले १ विकेट आफ्नो नाममा गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .