नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवसायी अरुण चौधरीलाई हिरासतमा नराखी अस्पताल लगिएकामा टिप्पणी गरेका छन्।
शनिबार सिंहदरबारमा जारी एमाले संसदीय दलको बैठकमा उनले चौधरीको नाम नलिईकन पक्राउ परेका उनीलगायतलाई प्रहरी हिरासतमा नराखी अस्पतालतिर लगिएकामा असन्तुष्टि व्यक्त गरेका हुन्।
सत्ता पक्षका मानिस भएकै कारण उनीहरूलाई त्यसो गरिएको संकेत उनले गरे।
‘मैले सुनेको एकजना व्यापारी पक्राउ परे रे’, उनले भने, ‘अनि प्रहरी कार्यालय हुँदै अस्पताल! प्रहरी कार्यालयको बाटो हुँदै अस्पताल! कस्तो छ थिति!’
उनले थपे, ‘व्यापारी नै पनि कसैलाई समाउँदा त ८/८ महिना थुन्यो त! पूर्वउपप्रधानमन्त्री भइसकेको मान्छेलाई मुद्दा लगाएर।’
75
Shares
प्रतिक्रिया