ad ad

समाज


अरुण चौधरी र अजितनारायण थापालाई हिरासतमा नराखी चिरायु अस्पताल लगियो

अरुण चौधरी र अजितनारायण थापालाई हिरासतमा नराखी चिरायु अस्पताल लगियो

तस्बिर : सरोज बैजु


नेपालखबर
माघ १८, २०८० बिहिबार २०:२८, काठमाडौँ

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यापारी अरुणकुमार चौधरीलाई स्वास्थ्यको कारण देखाउँदै हिरासतमा नराखिने भएको छ।

जिल्ला अदालत काठमाडौंले चार दिन हिरासतमा राख्ने अनुमति दिएपछि चौधरी र बाँसबारी छालाजुत्ता उद्योगका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण थापालाई स्वास्थ्यको कारण देखाउँदै हिरासतमा नराखी अस्पतालमा लगिएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुवैजनालाई बसुन्धरास्थित चिरायु अस्पतालमा लगेको हो। दुवैको स्वास्थ्यमा समस्या रहेको कारण देखाउँदै हिरासतमा नराखी अस्पतालमा राख्न लगिएको हो। 

जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनीहरूलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइसकेको छ। यस्तोमा दुवैको बास अब हिरासतमा नभइ अस्पतालमा हुने भएको हो।

दुवैजनालाई सीआईबीले किर्ते र ठगी मुद्दामा अनुसन्धानका लागि अदालतबाट म्याद लिइसकेको छ। सीआईबीले उनीहरूलाई जिल्ला सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालतमा उपस्थित गराएको थियो। 

सीआईबीले सुरुमा चौधरी र थापालाई पक्राउ गरेर हिरासतमा लिएको थियो। त्यसपछि सीजी चाँदबागका अध्यक्ष ठाकुरलाई पनि प्रहरीले पक्राउ गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .