प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार तस्करी र अयोग्यताको पार्यायवाची भएको आरोप लगाएका छन्।
गठबन्धन सरकारलाई देशको कुनै मतलब नभएको आरोप लगाउँदै जसरी पनि सत्तामा टिक्ने दाउपेचमा मात्र लागिरहेको टिप्पणी उनले गरेका छन्।
शनिबार सिंहदरबारमा जारी एमाले संसदीय दलको बैठकमा उनले भने, ‘अहिलेको सरकार तस्करी र अयोग्यताको पर्यायवाची छ। यसक मन–मस्तिष्कमा देश छैन। सत्तामा टिक्ने र बस्ने मात्रै छ। जसमा हामी ज्यादै संवेदनशील हुनुपर्छ।’
24
Shares
प्रतिक्रिया