ad ad

राजनीति


दिल्लीबाट रविले भने–  ०८४ को चुनावपछि बहुमतसहितको सरकार बनाउँछौं

दिल्लीबाट रविले भने–  ०८४ को चुनावपछि बहुमतसहितको सरकार बनाउँछौं

नेपालखबर
माघ १३, २०८० शनिबार २०:१९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि आफू नेतृत्वको पार्टीले बहुमत सहितको सरकार बनाउने दाबी गरेका छन्। 

भारतको नयाँ दिल्लीमा पार्टीको प्रवास समितिले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ०८४ को निर्वाचनमा अहिलेका सबै दलहरू मिल्यो भने पनि कसैले हराउन नसक्ने बताए।

‘हामी सबै मिल्यौं भने नयाँलाई हराइहाल्छौं भन्ने उनीहरूलाई विश्वास छ। सबै मिलेपनि रास्वपा र नयाँ शक्तिलाई कसैले हराउन सक्दैन। नेपाली जनता जागिसकेका छन्’, सभापति लामिछानेले भने। 

भारतले गरेको पछिल्लो समयको प्रगतिमा नेपालीहरूको पनि उपस्थिति रहेको भन्दै उनले त्यसलाई नेपालमा पनि सार्थक बनाउनपर्ने बताए। 

‘टेलिभिजनबाट हामी छौँ भनेर सुरु गरेको नातालाई अब ८४ सम्मा टुंगोमा पुर्याउने हो। मलाई विश्वास छ, आम जनताले दुधको दुध पानीको पानी छुट्याउनेछन्,’ उनले भने, ‘भारतमा रहेका नेपालीहरू ०८४ मा छुट्टी लिएर उस्तै भए जागिर छाडेर भए पनि परिवर्तनका लागि भोट हाल्छन्।’

उनले दिल्लीमा वृहत् कार्यक्रमको तयारीमा रहेको भन्दै उक्त कार्यक्रमले सन्देश दिनुपर्ने बताए।

‘नेपालको विकास कुनै माइकलालले रोकेर रोकिँदैन, हामी आफैँ भाडियौँ भने सपनामा धक्का हुन्छ,’ उनले भने। 

परिवर्तन सम्भव भएको भन्दै उनले अबको पाँच वर्षपछि नेपालको सदनभित्रै घण्टी नै घण्टी हुने उनले दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .