ad ad

राजनीति


दिल्लीमा रविले भने– कसैलाई भेट्न आएको हैन, बाटोमा भेटिए बेग्लै कुरा

दिल्लीमा रविले भने– कसैलाई भेट्न आएको हैन, बाटोमा भेटिए बेग्लै कुरा

फाइल तस्बिर


नेपालखबर
माघ १३, २०८० शनिबार २०:३३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अहिले दक्षिण छिमेकी मुलुक भारतमा छन्। शनिबार सभापति लामिछानेले नयाँदिल्लीमा पार्टी प्रवासले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरे। 

रास्वपाले दिएको जानकारी अनुसार दुई दिने कार्यक्रम तय गरेर सभापति लामिछाने भारत गएका हुन्। उपसभापति डोरप्रसाद अर्याल पनि लामिछानेसँगै दिल्ली गएका छन् भने पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी अर्का उपसभापति डा. स्वर्णिम वाग्लेलाई दिइएको छ। 

पार्टीको औपचारिक कार्यक्रम तय गरेर भारत गएका सभापति लामिछानेले शनिबार दिउँसो दिल्लीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कुनै राजनीतिक भेटघाट नहुने बताएका छन्। 

बरु, उनले आफू भारत हिँड्नेबित्तिकै काठमाडौँमा केहीले अनावश्यक हल्ला गर्न थालिसकेको बताए।

‘म निरन्तर दिल्ली आइनै रहनेछु। अन्य कुनै कार्यक्रम छैन। कहिलेकाहीँ दिल्ली आइरहँदा काठमाडौँमा कुनचाहीँ सिल्लीले अर्कै हल्ला फैलाइसक्या हुन्छ,’ लामिछानेले भने, ‘यसलाई भेट्यो र उसलाई भेट्यो, यहाँ गयो र त्यहाँ गयो भनेर। ती सिल्लीहरूको हल्लाको पछि लाग्नु जरुरी छैन।’

उनले आफू विशुद्ध हैदरावादमा आयोजित कार्यक्रमका लागि आएको भन्दै बाटोमा कोही भेटिए बेग्लै कुरा रहेको बताए।

‘म विसुद्ध हैदरावादको कार्यक्रममा आएको छु। बाटोमा कोही भेटिए बेग्लै कुरा हो, नत्र मेरो कुनै तालिका छैन। नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई भेट्न आएको हुँ,’ लामिछानेले भने, ‘जसलाई मैले मनमा सजाएको छु, उनीहरूलाई भेट्न आउँदा कसैले हल्ला चलाए मेरो भन्नु केही छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .