ad ad

राजनीति


राष्ट्रिय सभा निर्वाचनमा कृष्ण सिटौलाको उम्मेदवारी दर्ता

राष्ट्रिय सभा निर्वाचनमा कृष्ण सिटौलाको उम्मेदवारी दर्ता

नेपालखबर
पुस २३, २०८० सोमबार ११:३५, काठमाडौँ

राष्ट्रिय सभाको निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता हुँदैछ। देशभरका प्रदेश राजधानीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर मनोनयन थालिएको हो। 

कोशी प्रदेशमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला र नेकपा माओवादी केन्द्रबाट चम्पादेवी कार्कीले बिहान १० बजे नै उम्मेदवारी दर्ता गराएका छन्।

सत्ता गठबन्धनमा एकै पटक उम्मेदवारी दर्ता भएको हो। कांग्रेस कोशी प्रदेश समितिका सभापति उद्धव थापाका अनुसार दुवै नेता उम्मेदवारी दर्ताका लागि आइतबार राति नै बिराटनगरमा थिए।

सत्तारूढ गठबन्धनको भागबन्डा बमोजिम कोशीमा अन्यतर्फ कांग्रेसले सिटौलालाई टिकट दिएको छ। महिलातर्फ माओवादीले ओखलढुंगाकी चम्पादेवी कार्कीलाई उठाएको छ।

कांग्रेसका पूर्वमहामन्त्री सिटौला गत प्रतिनिधिसभा निर्वाचनमा झापा ३ मा लगातार २ पटक पराजित भएका थिए। उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले हराएक थिए। 

कोशीबाट नेकपा एमालेले अन्यबाट भोजपुरका परशुराम अधिकारी र महिलामा सुनसरीकी रुक्मिणी कोइरालालाई उम्मेदवार बनाएको छ। अधिकारी एमालेको केन्द्रीय सदस्य एवम् जिल्ला सह–इन्चार्ज हुन्। कोइराला सुनसरीकी हुन्। 

एमालेले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्दैछ। निर्वाचन अधिकृतको कार्यालयले १ बजेको समय दिएको एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले बताए ।

कोशीबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष उद्धव पौडेललाई उम्मेदवार छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका ससुरा उनी चलचित्रकर्मी पनि हुन्।

राष्ट्रिय सभामा सत्ता गठबन्धनको बहुमत भएकाले सबै १९ सिटमै उसकै जित हुने निश्चित जस्तै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .