नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सकिएको छ। राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरू नाम टुंगो लगाउनुअघि बसेको एकीकृत समाजवादीको बैठक सकिएको छ।
बैठकले पार्टीका तर्फबाट राष्ट्रियसभा निर्वाचनका लागि पार्टी अध्यक्ष माधव नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र घनश्याम भुसाललाई अधिकार दिएको छ।
‘राष्ट्रियसभा निर्वाचनमा हाम्रो पार्टीले कुन प्रदेश र क्लस्टरमा प्राप्त गर्नेछ भन्ने सर्वाधिकार उहाँहरूलाई अधिकार दिएर गठबन्धनको बैठकमा पठाएको छ,’ प्रवक्ता जगन्नाथ खतिवडाले भने।
निश्चित केही गाइडलाइनका आधारमा टुंगो लगाउन सचिवालय बैठकले सुझाव दिएको प्रवक्ता खतिवडाले भने।
123
Shares
प्रतिक्रिया