ad ad

राजनीति


राष्ट्रियसभा अध्यक्षसहित ५ सिटमा एकीकृत समाजवादीको दाबी

के होला गठबन्धन बैठकको निर्णय?
राष्ट्रियसभा अध्यक्षसहित ५ सिटमा एकीकृत समाजवादीको दाबी

नेपालखबर
पुस २१, २०८० शनिबार १६:३३, काठमाडौँ

नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनमा राष्ट्रिय सभा अध्यक्षसहित ५ सिट दाबी गरेको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा एकीकृत समाजवादीले अध्यक्षसहितत ५ सिट दाबी गरेको एकीकृत समाजवादीका एक नेताले नेपालखबरलाई जानकारी दिए। 

‘हामीले अध्यक्षसहित ५ सिट दाबी गरेका छौँ,’ ती नेताले शनिबार अपरान्ह नेपालखबरसँग भने, ‘अन्य दलहरूले पनि १३÷१४ सिटदेखि आफ्नो दाबी राखेका छन्, हामीले पनि त्यही अनुसार ५ सिट मागेका हौँ।’

यसबारे पार्टी अध्यक्ष माधव कुमार नेपालले बैठकमा ब्रिफिङ गरेका थिए। 

‘अध्यक्षले हामीलाई गठबन्धन बैठकबारे ब्रिफिङ गरेर अहिले बालुवाटार बैठकमा जानुभएको छ,’, ती नेताले भने।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले ती नेतालाई नाम टुंगो लगाउने जिम्मेवारी दिएको बताए। 

अध्यक्ष माधव नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र घनश्याम भुसाललाई अधिकार दिएको उनले बताए।

‘राष्ट्रियसभा निर्वाचनमा हाम्रो पार्टीले कुन प्रदेश र क्लस्टरमा प्राप्त गर्नेछ भन्ने सर्वाधिकार उहाँहरूलाई अधिकार दिएर गठबन्धनको बैठकमा पठाएको छ,’ प्रवक्ता जगन्नाथ खतिवडाले भने। 

सत्ता गठबन्धनको बैठक अहिले बालुवाटारमा बस्दैछ। सो बैठकले राष्ट्रियसभा सदस्यको नाम टुंगो लगाउने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .