ad ad

राजनीति


प्रधानमन्त्रीले गृहमन्त्रीसँग लिए बालकुमारी घटनाबारे जानकारी, के भने?

प्रधानमन्त्रीले गृहमन्त्रीसँग लिए बालकुमारी घटनाबारे जानकारी, के भने?

फाइल तस्बिर


नेपालखबर
पुस १४, २०८० शनिबार ११:५३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार ललितपुरको बालकुमारीमा भएको भौतिक र मानवीय क्षतिका घटनाबारे गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीसँग शनिबार बिहान ‘ब्रिफिङ’ लिएका छन्। 

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल, ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायतलाई आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर घटनाबारे जानकारी लिएका हुन्। 

प्रधानमन्त्री प्रचण्डलाई उनीहरुले घटनाबारे जानकारी गराउँदै सत्यतथ्य पत्ता लगाउन छानबिन समितिसमेत गठन गरिएको जानकारी गराए।

प्रधानमन्त्री प्रचण्डले घटना दुःखद् भएको उल्लेख गर्दै छिटो र निष्पक्ष छानबिन गर्न निर्देशन दिएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएको राससले जनाएको छ। 

शुक्रबार इपीएस प्रणालीअन्तर्गतको कोरियन भाषा परीक्षाका विषयमा आन्दोलित युवाले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री चढ्ने सरकारी गाडीमा आगो लगाएका थिए।

त्यसपछि तनावग्रस्त बनेको ग्वार्को क्षेत्रमा प्रहरीले लाठी चार्ज गर्दै अश्रुग्यास र गोलीसमेत प्रहार गरेको थियो। त्यस क्रममा प्रहरीको कुटाइ र गोलीबाट दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो। 

घटना छानबिनका लागि शुक्रबारै गृह मन्त्रालयले उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धा विभागका उपनिर्देशक बासु सिग्देल सदस्य रहेको गृह मन्त्रालयको सचिवालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .