ad ad

राजनीति


बालकुमारी घटनाबारे छलफल गर्न मन्त्रिपरिषद्‌को आकस्मिक बैठक बस्दै

बालकुमारी घटनाबारे छलफल गर्न मन्त्रिपरिषद्‌को आकस्मिक बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
पुस १४, २०८० शनिबार १३:२२, काठमाडौँ

बालकुमारी घटनाबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। 

शुक्रबार ईपीएसअन्तर्गत कोरियन भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग राख्दै युवाले गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा दुई युवकको मृत्यु भएको थियो।

सो विषयमा छलफल गर्न प्रधानमन्त्रीले आजका लागि आकस्मिक रूपमा मन्त्रिपरिषद्को बैठक बोलाएको एक मन्त्रीले नेपालखबरलाई जानकारी दिए। 

उनका अनुसार बैठक दिउँसो साढे २ बजे बस्नेछ। 

यसअघि आजै बिहान प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बनाएर बालकुमारी घटनाबारे जानकारी लिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .