ad ad

राजनीति


जनताले एमाले नेतृत्वको सरकार खोजेका छन् : उपाध्यक्ष थापा

जनताले एमाले नेतृत्वको सरकार खोजेका छन् : उपाध्यक्ष थापा

नेपालखबर
पुस २, २०८० सोमबार १९:५, काठमाडौँ

नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापाले नेपाली जनताले एमाले नेतृत्वको सरकार खोजेको बताएका छन्।

उपाध्यक्ष थापाले नेपाली जनताले नेकपा(एमाले)नेतृत्वको सरकार खोजेका बताउँदै उनले आफूहरूको झुलाघाट–चिवाभञ्ज्याङको यात्राका क्रममा नेपाली जनताले देशमा एमालेको नेतृत्व खोजेको स्पष्ट भएको बताए। 

उनले एमालेले मात्रै देशलाई समृद्धिको दिशामा अगाडी बढाउन सक्छ भन्ने देखाएको बताए। उनले देशको राष्ट्रिय स्वाधिनता, लोकतन्त्र र विकासमा एमालेले मात्रै अगाडी बढाउन सक्ने उल्लेख गरे। 

‘यो अभियानले के देखायो भन्दाखेरी नेपाली जनताले नेकपा(एमाले)को नेतृत्वमा खोजेका छन्। नेकपा(एमाले)को सरकारलाई विस्थापित खोजे यताको अवधिमा नेपाली जनताले जुन किसिमको भोगाइहरु भोगेका छन्, त्यसले के सिद्ध गरेको छ भने, नेकपा(एमाले)ले मात्रै यो देशलाई समृद्धिको दिशामा अगाडी बढाउन सक्छ,’ उनले भने, ‘देशको राष्ट्रिय स्वाधिनता, लोकतन्त्र र देशको विकासमा एमालेले मात्रै अगाडी बढाउन सक्छ र समाजवादको स्थापना र त्यसको आधार निर्माण एमालेको नेतृत्वले मात्रै गर्नसक्छ भन्ने देखाएको छ। अभियानले एमाले पार्टी र जनताबिचको सम्बन्धलाई धेरै सुदृढ गरेको मैले अनुभव गरेको छु।’

त्यस्तै समाजवादको स्थापना र त्यसको आधार निर्माण पनि एमालेको नेतृत्वले मात्रै गर्न सक्छ भन्ने देखाएको उनको भनाइ छ। उनले एमालेको संकल्प यात्राले अगामी ०८४ सालमा सालमा एमालेको बहुमतको सरकार निर्माण गर्ने लक्ष्य हासिल गर्न महत्वपूर्ण भुमिका खेलेको उल्लेख गरे।

‘अपार स्नेह, अपार माया र जनताहरुको स्वागतले एमाले र जनताबिचको सम्बन्ध यो अभियानले धेरै माथि उठाएको छ। आगामी मिसन ८४ कार्ययोजना पार्टीले निश्चित गरेको छ, नेकपा(एमाले)को बहुमतको सरकार निर्माण गर्ने लक्ष्य हासिल गर्न यो अभियानले महत्त्वपूर्ण भुमिका खेलेको मैले अनुभव गरेको छु,’ उनले भने।

उपाध्यक्ष थापाले यात्राले एमालेको राजनीतिक कार्यदिशालाई जनतामाझ स्थापित गर्न पनि भुमिका खेलेको पनि बताए। नेता, कार्यकर्ताले सो अभियानबाट धेरै ज्ञानगुनका कुरा सिकेको पनि उनको भनाइ छ। उनले नेपालमा समाजवाद स्थापनार्थ नीति, कार्ययोजना निर्माणका लागि पनि यात्राले भुमिका खेलेको बताए।

‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा ऐतिहासिक अभियान थियो। यसले नेपालको समाजवादी आन्दोलनमा, समाजवादको स्थापनामा महत्वपूर्ण भुमिका यो यात्राले आफ्नो भुमिका निर्वाह गरेको मैले अनुभुति गरेको छु। यो एउटा राजनीतिक अभियान थियो। यसले नेकपा(एमाले)को राजनीतिक कार्यदिशालाई स्थापना गर्नमा पनि महत्वपूर्ण भुमिका खेलेको छ,’ उनले भने, ‘यो अभियान ठूलो विश्वविद्यालय पनि बनेको छ। यसमा पार्टी नेता, कार्यकर्ताहरूले धेरै कुराहरू पार्टीको कार्यदिशा नेपालको समृद्धि, सुखि नेपालीको राष्ट्रिय आकांक्षालाई स्थापना गर्नको निम्ति यो अभियानले, यो यात्राले पार्टीलाई प्रशिक्षित गरेको छ। ज्ञान दिएको छ। यसले पक्कै पनि पार्टीको राजनीतिक कार्यदिशा र नेपालको समृद्धि, समाजवादको स्थापना गर्नमा, नीति र कार्ययोजना निर्माण गर्न यो यात्राले भुमिका निर्वाह गरेको छ।’


उनले एमालेको संकल्पयात्रा भण्डाफोर अभियानको रुपमा पनि रहेको उल्लेख गर्दै नेपालमा हाबी भएको दक्षिणपन्थी प्रवृत्तिलाई पनि चिरेको बताए।

‘पार्टीले जनताबाट धेरै कुरा सिकेको छ। जनताबाट लिने र जनतालाई दिने भन्ने नेतृत्वको सिद्धान्त हो। नेतृत्व विकासमा पनि यो यात्राले भुमिका निर्वाह गरेको छ। नेपालको अहिलेको ठोस परिस्थितिलाई बुझ्ने कुरामा पनि यो यात्राले धेरै ज्ञान दिएको पार्टीलाई। यो अभियान भण्डाफोर अभियान पनि थियो। नेपालको राजनीतिमा दक्षिणपन्थी प्रवृत्ति हाबी छ, यसलाई चिर्नको निम्ति पनि यो अभियानले महत्त्वपूर्ण भूुमिका खेलेको छ। नेकपा (एमाले)लाई चौतर्फी घेराबन्दी हुँदै आएको छ। यो घेरालाई तोड्न अभियानले महत्वपूर्ण भुमिका खेल्यो भन्ने मैले अनुभुति गरेको छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .