वाणिज्य बैंकले २० अर्ब ७३ करोड खुद नाफा गरेका छन्।
चालु आर्थिक वर्षको पहिलो ४ महिना अर्थात कात्तिकसम्म वाणिज्य बैंकले २० अर्ब ७३ करोड नाफा गरेका हुन्।
यस अवधिमा सिद्धार्थ बैंकको खुद नाफा सबै भन्दा कम अर्थात् ३३ करोड ३८ लाख रहेको छ।
त्यस्तै लक्ष्मी सनराइज बैंकले ५१ करोड ५९ लाख, सिटिजन्स बैंकले ५८ करोड ६२ लाख, नेपाल एसबिआई बैंकले ६० करोड ५६ लाख र नेपाल बैंकले ६६ करोड ८१ लाख खुद नाफा कमाएको छ।
स्ट्यान्डर्ड चाटडड बैंकले ९८ करोड, कुमारी बैंकले ८८ करोड, सानिमा बैंकले ७७ करोड,माछापुच्छ्रे बैंकले ६७ करोड,एभरेष्ट बैंकले १ अर्ब ८ करोड, एनआइसी एशिया बैंकले १ अर्ब ३७ करोड र आरबिबि बैंकले १ अर्ब २० करोड नाफा गरेको छ।
यस अवधिमा कृषि विकास बैंक भने घाटामा रहेको छ। बैंकको खुद नोक्सानी २७ करोड ८८ करोड रहेको छ।
Shares
प्रतिक्रिया