ad ad

राजनीति


सरकारसँग जोडिएका संस्थामा अनुसन्धान र विकास कमजोरः मन्त्री बाँस्कोटा

सरकारसँग जोडिएका संस्थामा अनुसन्धान र विकास कमजोरः मन्त्री बाँस्कोटा

नेपालखबर
माघ २०, २०७६ सोमबार ८:५५,

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारसँग जोडिएका संस्थाहरुमा अनुसन्धान र विकासका कामहरु कमजोर रहेको बताएका छन्।

नेपाल टेलिभिजनको ३५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले नेपाल टेलिभिजनमा पनि अनुसन्धान गरेर कार्यक्रमहरु उत्पादन गर्नुपर्ने बताएका हुन्। उनले सरकारसँग जोडिएका सबै संस्थामा अनुसन्धान र विकास सम्बन्धमा कमजोर रहेको उल्लेख गर्दै नेपाल टेलिभिजनमा पनि यसको अवस्था कमजोर रहेको बताए।

उनले टेलिभिजन स्थापना भएको हिसाबले पहिलो टेलिभिजन भएपनि कार्यक्रम उत्पादन र जनताको रोजाईमा पहिलो हुनुपर्ने चुनौति रहेको बताए। त्यसका लागि दक्ष जनशक्ति अर्थात अनुसन्धन गर्न सक्ने जनशक्ति आवश्यक रहेको उनले बताए।

उनले भने, ‘एउटा सिंगो देशभित्र सिंगो देशका विभिन्न भौगोलिक विशेषता भित्र त्यस भित्रका विभिन्न सामाजिक संस्कृतिहरुभित्र आर्थिक क्षमताहरुभित्र मान्छेका रुचिहरुभित्र र मान्छेहरु मध्येपनि उमेर समूहका रुचिहरुलाई पनि अब हामीले कुन बेला के उपयुक्त हुन सक्दछ र कस्तो कार्यक्रम कसले कति रुचाउँछ भन्ने हिसाबले कार्यक्रमहरुको उत्पादन हुनुपर्छ। त्यो भन्दा अगाडि अर्को एउटा चुनौति थप छ त्यो थप चुनौति के हो भने यसको निम्ति पनि रिसर्च हुनुपर्छ। मनोवैज्ञानिक हिसाबले पनि अरु विभिन्न हिसाबले पनि अब हाम्रो मानव संशाधनको तर्फ अधिकांश सरकारले सहयोग गरेका सरकार जोडिएका अधिकांश यस्ता संस्थाहरुमा यो आर एण्ड डी भन्ने चाहिं एकदमै कमजोर छ। अव हाम्रो मुख्य फोकस तेता हुनु पर्दछ। मैले आज यो कुरा टेलिभिजनमा भने र यहाँ अन्त पनि भन्नु छ। यो मेरो वर्षभरिको मुद्दा हुने छ। पटक पटक दोहोर्‍याइरह्यो भनेर यस्तो संस्थाको नेतृत्व गर्ने साथीहरुले नभन्नुहोला।’

उनले नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र, राष्ट्रिय समाचार समिति लगायतका संस्थाहरु सरकारी संस्था नभई जनता र राज्यको सम्पत्ति भएको बताए। उनले विश्व समुदायमा नेपाल सम्बन्धी जानकारी लिन अन्य समाचार च्यानलहरुलाई माध्यम बनाएको पाइएको भन्दै त्यसको अन्त्य गर्न अंग्रेजी माध्यमको विश्व समाचार च्यानल ‘एनटिभि वल्र्ड’ यसै आर्थिक वर्ष भित्रमा नितिगत र व्यवस्थापकीय रुपमा सञ्चालनमा ल्याउने समेत बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .