ad ad

अटो


नाडा टोली र वाणिज्य सचिवबीच भेटवार्ता, एजेन्सी नविकरणबारे छलफल

नाडा टोली र वाणिज्य सचिवबीच भेटवार्ता, एजेन्सी नविकरणबारे छलफल

नेपालखबर
माघ २०, २०७६ सोमबार ९:७,

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र उद्योग वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालबीच भेटवार्ता भएको छ। नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालको नेतृत्वमा गएको टोलीले वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा अटो एजेन्सी दर्ता बारे छलफल गरेको हो।

पुराना विभिन्न ऐनका कारण एजेन्सी नविकरणमा समस्याहरु आइरहेको हुँदा सवारी साधन पैठारी रोकिने गरेको समेत अवगत गराएको थियो। छलफलमा सचिव अर्यालले विभाग, भन्सार कार्यालय र राष्ट्र बैंकको समन्वयमा व्यवसायीलाई सहजीकरण गर्ने बताए।

छलफलमा नाडाको तर्फबाट अध्यक्ष दुलाल। उपाध्यक्ष करण चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, सदस्यहरु अभिक ज्योति, निराकार श्रेष्ठ र शुभाषिस थपलियाको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .