ad ad

समाज


घाँटी थिचेर बुहारीको हत्या गर्ने एकै परिवारका चार जना पक्राउ

घाँटी थिचेर बुहारीको हत्या गर्ने एकै परिवारका चार जना पक्राउ

नेपालखबर
माघ २०, २०७६ सोमबार ८:४३,

प्रहरी कार्यालय धनुषाले यही माघ १८ मा सामान्य विवादमा धनुषा ओरही गाउँपालिका २ की २२ वर्षीया चिन्तामणि पासवानको हत्या गर्ने चार जनालाई पक्राउ गरेको छ। प्रहरीले घटनामा संलग्न औरही २ कै कमला पासवान, पुनिता पासवान, राधाकृष्ण पासवान र अनिलकुमार पासवानलाई पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये अनिल चिन्तामणिका श्रीमान् हुन्। त्यस्तै राधाकृष्ण ससुरा, पुनिता नन्द र कुमला सासू हुन्।

चारै जनाले बुहारी चिन्तामणिको हत्या गरी फरार हुँदै आएका थिए। प्रहरीले खोजतलासका क्रममा कुमला र पुनितालाई जनकपुर उपमहानगर ४ स्थित पेठिया बजारमा आइतबार साँझ पक्राउ गरेको हो।

त्यस्तै राधाकृष्ण र अनिलकुमारलाई आज (सोमबार) बिहान जनकनन्दनी २ बलहा टोलमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो। सबै चार जनाविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ।

माघ १८ गते के भएको थियो ?
मोबाइललाई लिएर बुहारी चिन्तामणि र नन्द पुनिताबीच सामान्य विवाद भएको थियो। सोही विषयलाई लिएर श्रीमान, नन्द, सासू र ससुराले बुहारीको घाँटी थिची हत्या गरेका थिए। बुहारीको हत्यापछि उनीहरुले अपराध लुकाउन शव झुण्ड्याएका थिए।

त्यसपछि टोलमा हल्लाखल्ला गरेर उनीहरुले शवलाई अटो रिक्सामा राखी उपचारको लागि भन्दै प्रादेशिक अस्पताल प्रदेश २ मा ल्याई आकस्मिक कक्षामा राखेकामा प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .