ad ad

राजनीति


दुर्गा प्रसाईंलक्षित प्रधानमन्त्रीको भाषण– भ्रम फैलाउने कसरतमा छन्, पूरा हुँदैन

दुर्गा प्रसाईंलक्षित प्रधानमन्त्रीको भाषण– भ्रम फैलाउने कसरतमा छन्, पूरा हुँदैन

नेपालखबर
मंसिर ६, २०८० बुधबार १७:२३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले प्राप्त उपलब्धि रक्षाका लागि सबै एक हुन आग्रह गरेका छन्।

बुधबार शंखधर दिवसको अवसरमा काठमाडौंमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले पछिल्लो समय लोकतन्त्रपछिका उपलब्धिलाई कमजोर बनाउँदै जाने क्रम बढेको भन्दै सबैले एक ठाउँमा उभिएर उपलब्धिको रक्षामा लाग्नुपर्ने बताए। 

आन्दोलन सफल भएपछि प्राप्त उपलब्धिको रक्षा गर्न बिर्सिने परिपाटी विकास भएको भन्दै त्यसलाई रोक्न आवश्यक रहेको उनको भनाइ छ। व्यवसायी दुर्गा प्रसाईंप्रति लक्षित गर्दै दुःसाहस, दिवा स्वप्ना र ठूलो विभ्रम फैल्याउने कसरतमा लागेको भएपनि सफल हुन नसक्ने उनले बताए।

‘एकथरी तत्वहरु अहिले एउटा दुःशाहस, दिवा स्वप्ना र एउटा ठूलो विभ्रम फैल्याउने कसरतमा छन्, जो कहिल्यै पूरा हुनेवाला छैन। नेपालको इतिहासमा चाहे राणा शासनविरोधी आन्दोलनको कुरा होस् वा निरंकुश निर्दलीय तानाशाही पञ्चायती व्यवस्थाका विरुद्धको आन्दोलनको कुरा होस्। त्यसमा नेपाली जनताको र काठमाडौं उपत्यकाका नेवार समुदायको भूमिका महत्वपूर्ण छ। सबै ठूला क्रान्तिपछि प्रतिगामी वा इतिहासको मञ्चबाट गलत्याइएका तत्वहरुले एकपटक फेरि फर्कने जमर्को गर्छन्। उनीहरूले अन्तिम रुपमा तागत प्रयोग गर्छन्। प्राप्त उपलब्धिको रक्षा गर्न जति शतर्क हुनुपर्ने थियो, जति तागत लगाउनुपर्ने हो, त्यो हामीले सकेका छैनौँ। हाम्रो त्यही कमीबाट आन्दोलन सफल भएपछि रिल्याक्स भएर छोड्ने हाम्रो परम्परा रह्यो। त्यसकै फाइदा उठाएर प्रतिग्रामी तत्वहरु फेरि पुनरागमन गर्ने षड्यन्त्रमा छन्,’ उनले भने।

प्रधानमन्त्री दाहालले जनताका हक अधिकारको लागि अझै अघि बढेर लड्नुपर्ने आवश्यकता रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .