ad ad

कला


‘रावायण’ छाडेका अनमोल ‘फर्की फर्की’ को प्रि-सुटिङमा

‘रावायण’ छाडेका अनमोल ‘फर्की फर्की’ को प्रि-सुटिङमा

नेपालखबर
मंसिर ६, २०८० बुधबार १७:४५, काठमाडौँ

सुदर्शन थापाको फिल्म ‘रावायण’ छाडेका अभिनेता अनमोल केसी काममा फर्किएका छन्।

उनी आगामी फिल्म ‘फर्की फर्की’ को प्रि-सुटिङमा व्यस्त भएका हुन्।

अनमोलको मूख्य भूमिका रहेको फिल्म ‘फर्की फर्की’ को छायाङ्कन मंसिर ११ गतेबाट सुरु हुनेछ। त्यसको लागि आजबाट निर्माण टिमले काठमाडौँमा प्रि-सुटिङ सुरु गरेको हो। ‘वार्मअप’ का लागि प्रि-सुटिङ सुरु गरिएको फिल्मका निर्माता रोहित अधिकारीले जानकारी दिए।

प्रि-सुटिङमा अनमोलसहित जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल लगायतको उपस्थिति छ। फिल्ममा रोहितका साथै ओएसआर डिजिटलको लगानी रहनेछ। सुयोग गुरुङको निर्देशन हुने यो फिल्म अर्को वर्ष जेठ ११ गते रिलिज हुनेछ।

लभस्टोरी जनरामा बन्ने फिल्मको छायाङ्कन काठमाडौँ र पोखरामा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .