ad ad

राजनीति


राप्रपा र राप्रपा संयुक्तबीच एकीकरणका लागि छलफल तीव्र

राप्रपा र राप्रपा संयुक्तबीच एकीकरणका लागि छलफल तीव्र

नेपालखबर
माघ १७, २०७६ शुक्रबार ९:२७,

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति शमशेर राणा तथा डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक पार्टी संयुक्तबीच पार्टी एकीकरणका लागि छलफल तीव्र भएको छ।

दुई वर्षअघि फुटेका यी दुई पार्टीबीच लामो समयदेखि एकताको चर्चा चलिरहे पनि हुन सकेको छैन।

हाल शीर्ष नेताहरुबीच भागबण्डाको विषयमा छलफल चलिरहेको छ।

केन्द्रीय समितिमा राप्रपाले ५५ प्रतिशत र राप्रपा संयुक्तले ४५ प्रतिशत हिस्सा पाउने, थापा, राणा र लोहनी तीनै जना अध्यक्ष रहनेजस्ता विषयमा पनि छलफल भइरहेको छ।

‘एकताको केही मोडालिटी तयार गरेर शीर्ष तहमा छलफल भएको सत्य हो,’ राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले नेपालखबरसँग भने, ‘नेताहरुबीचको कुराकानी अहिले सकारात्मक ढंगले अघि बढेको छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .