ad ad

राजनीति


रामचन्द्र झा र रघुवीर महासेठबीच चर्काचर्की

रामचन्द्र झा र रघुवीर महासेठबीच चर्काचर्की

नेपालखबर
माघ १७, २०७६ शुक्रबार ९:४७,

नेपाल कम्युनिस्ट पार्टीकाे जारी केन्द्रीय समिति बैठकमा पार्टीले विधान मिचेर स्थायी समिती बनाएको विषयलाई समुहको सुझावमा समेट्न माग गरेपछी समूह ११ मा रहेका रामचन्द्र झा र रघुवीर महासेठबीच विवाद भएको छ। टोलीनेता राजेन्द्र राईले समन्वय गरिरहँदा झा र महासेठबीच विवाद चर्केको हो।

राष्ट्रियसभागृहको देब्रेपट्टी बसेर अध्यक्ष प्रचण्डको राजनीतिक, महासचिव विष्णु पौडेलको सांगठनिक विधान संशाेधनको प्रतिवेदनमा छलफल चलिरहेका बेला दुई नेताबीच चर्काचर्की परेको थियाे। नेकपाको विधानको धारा ३४-ख निलम्बन गरेर पोलिटब्युरो समेत नभएका व्यक्तीलाइ स्थायी समितिमा लगिएको विषय प्रतिवेदनमा सुझावका रुपमा राख्नुपर्ने झाले प्रस्ताव गरेपछी महासेठले त्यसमा आपत्ति जनाएका हुन्। त्यस्ता कुरा राख्न नहुने भनी महासेठ कडारुपमा प्रस्तुत भएका थिए।

त्यसपछी झाले आफूलाई राजनीतिको बारेमा नसिकाउन चुनौती दिए। आफूले राजनीतिबारे राम्राे जानकार रहकाे भन्दै उनले यसबारे अध्यक्षकै अगाडि धारण राख्ने बताए। उता महासेठले भने नेतृत्वलाई कसैले सिकाउन आवश्यक नरहेको भन्दै 'को ठुलो' भन्ने कुरा नगर्न चेतावनी दिए। झण्डै ७ मिनेटजती चर्काचर्की परेपछी महासेठ उठेर पूर्ण बैठकस्थलतर्फ हिँडे। तर झा भने टोली नेता राईसँग सल्लाह गर्न बसे।

टोली नेता राइले पनि झा र महासेठबीच केही समय विधान मिचिएको विषयमा विवाद भएको स्वीकार गरे। 'झाजीले नेकपाको विधान मिचिएको र स्थायी समिति गठन नियम विपरित रहेको बताउनुभयो। त्यही विषयमा सामान्य चर्काचर्की परेको हो' उनले भने।

यसअघि तत्कालिन नेकपा-एमालेमा पाेलिटब्युराे सदस्यसमेत नरहेका महासेठलाई स्थायी कमिटी सदस्य मनाेनित गरिएकाे थियाे। पछिल्लाे महाधिवेशनमा केपी ओली नेतृत्वकाे प्यानलबाट सचिवमा चुनाव लडेका महासेठ सचिव र केन्द्रीय सदस्यमा समेत हारेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .