ad ad

राजनीति


एक महिनाको तलब भूकम्प पीडित राहत कोषमा जम्मा गर्ने राष्ट्रियसभा अध्यक्षको घोषणा

एक महिनाको तलब भूकम्प पीडित राहत कोषमा जम्मा गर्ने राष्ट्रियसभा अध्यक्षको घोषणा

नेपालखबर
कात्तिक १८, २०८० शनिबार १७:५, काठमाडौँ

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक महिनाको तलब भूकम्प पीडित राहतकोषमा जम्मा गर्ने भएका छन्। 

जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं १ रामीडाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रबार राती गएको भूकम्पबाट पीडितहरूको र उद्धारका लागि सरकारले स्थापना गर्ने राहत कोषमा आफ्नो एक महिनाको तलब जम्मा गर्ने निर्णय गरेका हुन्।

शुक्रबार ११.४७ बजेको  समयमा गएको ६.४ म्याग्निच्युटको भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुम जिल्लामा मानवीय र भौतिक क्षति पु¥याएको छ। 

अध्यक्ष तिमिल्सनाले प्रकृतिक विपत्तीको यो क्षणमा सिंगो राष्ट्र नै एक भएर घाइतेहरुको उद्धार र पिडीतहरुका लागि राहत तथा पूर्नस्थापनामा  जुट्न सबैलाई आग्रह पनि गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .