ad ad

समाज


जाजरकोट भूकम्पबाट मृत्यु हुनेको संख्या १५७ पुग्यो, ज्यान गुमाउनेमा महिला बढी

जाजरकोट भूकम्पबाट मृत्यु हुनेको संख्या १५७ पुग्यो, ज्यान गुमाउनेमा महिला बढी

नेपालखबर
कात्तिक १८, २०८० शनिबार १७:२०, काठमाडौँ

गएराति पश्चिम नेपालमा आएको भूकम्पबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ। जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जना गरी अहिलेसम्म १५७ जनाको मृत्यु भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। 

यसरी ज्यान गुमाउनेमा पुरुषभन्दा महिलाको संख्या धेरै छ।

जाजरकोटमा ६२ जना महिला र ३३ पुरुषको मृत्यु भएको पुष्टि भएको छ। त्यस्तै, रुकुम पश्चिममा २७ महिला र २५ पुरुषको मृत्यु भएको तथ्यांक प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको छ। 

त्यस्तै जाजरकोटमा ८१ र रुकुम पश्चिममा ७९ जना घाइते भएका छन्। 

गएराति आएको ६.४ रेक्टरको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति पुगेको छ। 

जाजरकोट र रुकुम पश्चिमका विभिन्न गाउँहरूमा अहिले राहत तथा उद्धार टोली खटिएको छ। भूकम्पपछि त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .