ad ad

राजनीति


नेपाललाई हराउँदै जो बनिन् डब्ल्यूएचओको दक्षिण-पूर्व एसियाको निर्देशक

नेपाललाई हराउँदै जो बनिन् डब्ल्यूएचओको दक्षिण-पूर्व एसियाको निर्देशक

साइमा वाजेद


नेपालखबर
कात्तिक १६, २०८० बिहिबार १३:५, काठमाडौँ

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेद नेपालका उम्मेदवारलाई हराउँदै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को दक्षिण-पूर्व एसिया क्षेत्रको निर्देशकमा निर्वाचित भएकी छन्।

यस पदका लागि भएको निर्वाचनमा साइमाले नेपालका तर्फबाट उम्मेदवार रहेका डा. शम्भुप्रसाद आचार्यलाई हराएकी हुन्। 

डब्ल्यूएचओको विज्ञप्तिमा भनिएको छ, ‘सदस्य राष्ट्रहरूले दक्षिण–पूर्वी एसियाका लागि क्षेत्रीय समितिको ७६औँ सत्रमा साइमा वाजेदलाई निर्वाचित गरेका हुन्।’

यसैबीच बंगलादेशको विदेश मन्त्रालयले न नियुक्त क्षेत्रीय निर्देशक साइमाले आगामी फेब्रुअरी १, २०२४ मा पदभार ग्रहण गर्ने जानकारी दिएको छ। 

साइमा सन् २०२४ देखि २०२८ सम्म यो पदमा रहनेछिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .