ad ad

राजनीति


कोशीबारे राप्रपाको टिप्पणी : घुमीफिरी त्यही बाटोबाट मुख्यमन्त्रीको नियुक्ति

कोशीबारे राप्रपाको टिप्पणी : घुमीफिरी त्यही बाटोबाट मुख्यमन्त्रीको नियुक्ति

नेपालखबर
असोज २७, २०८० शनिबार १२:५१, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कोशीमा सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षीको सहकार्यमा मुख्यमन्त्री नियुक्त भएको टिप्पणी गरेका छन्। 

कोशीमा आजै एमालेको समर्थनमा नेपाली कांग्रेसका नेता केदार कार्की मुख्यमन्त्री नियुक्त भएका छन्। जसलाई सत्ता गठबन्धनले पनि समर्थन गर्ने बताइसकेको छ। 

सोहीप्रति कटाक्ष गर्दै राप्रपा अध्यक्ष लिङ्देनले आफूहरूले निरन्तर दिइरहेको सुझावजस्तै कोशी प्रदेश सरकार बनाउन कांग्रेस, एमाले र माओवादी मिलेको बताएका हुन्। 

उनले यसलाई अहिलेको व्यवस्थाका पक्षधर विपक्षबीचको ध्रुवीकरण भनी अर्थ्याएका छन्। 

‘कोशी प्रदेशमा सरकार बनाउन कांग्रेस, एमाले, माओवादी मिलेको राम्रो हुन्छ भन्ने हाम्रो निरन्तरको सुझाव थियो। अन्ततः घुमीफिरी त्यही बाटोबाट सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षको सहकार्यमा मुख्यमन्त्रीको नियुक्ति भएको छ’, अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अब यसरी नै अहिलेको व्यवस्था र अवस्थाका पक्षधरहरू एकातर्फ र विपक्षकाहरू अर्कोतर्फ हुने ध्रुवीकरणलाई तीव्र पारौँ, हामी विपक्षमा...।’

कांग्रेससहितको गठबन्धनले कोशीको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका नेता इन्द्र आङ्बोलाई अघि सारे पनि शेखर पक्षले विद्रोह गरी केदार कार्कीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाएको थियो। 

रोचक के थियो भने दुवै उम्मेदवारले प्रदेश प्रमुखकहाँ बुझाएको बहुमत हस्ताक्षरमा कांग्रेसका ८ प्रदेशसभा सदस्यका नाम थिए। त्यसपछि प्रदेश प्रमुख परशुराम खापुङले हस्ताक्षर पुष्टि गर्नका लागि आज सम्बन्धित सांसदहरूलाई सनाखतका लागि शनिबार आफ्नो कार्यालयमा बोलाएका थिए।  

तर कांग्रेसका ८ प्रदेशसभा सदस्यले एमालेका ३९ सांसदको समर्थन पाएका कार्कीकै पक्षमा सनाखत गरेपछि उनी मुख्यमन्त्री नियुक्त भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .