मनाङ एयरको ९एन–एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना हुँदा घाइते भएका पाइलट प्रकाशकुमार सेढाईंको उपचार भइरहेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार उनको उपचार काठमाडौँस्थित ह्याम्स अस्पतालमा भइरहेको हो। अहिले उनको अवस्था खतरामुक्त भएको अस्पतालले जनाएको छ।
प्राधिकरणका सूचना अधिकारी भुलका अनुसार आज बिहान लुक्लाबाट उडेको उक्त हेलिकप्टर लोबुचेमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो।
‘माथि लुक्लाबाट बिहान ७ बजेर १३ मिनेटमा उडेको हेलिकप्टर लोबुचेमा ल्यान्ड गर्ने क्रममा थोरै पल्टिएको हो’, उनले भने।
हेलिकप्टरमा चालक सेढाइँ मात्र थिए। दुर्घटनामा घाइते भएपछि उनलाई फिस्टेल एयरको ९एन–एजेआर हेलिकप्टरमार्फत उपचारका लागि आजै बिहान काठमाडौँ ल्याइएको हो।
417
Shares
प्रतिक्रिया