ad ad

राजनीति


केदार कार्की मुख्यमन्त्री बनेलगत्तै बालुवाटारमा शेखरको सहमति: गठबन्धनलाई कमजोर हुन दिन्नँ

केदार कार्की मुख्यमन्त्री बनेलगत्तै बालुवाटारमा शेखरको सहमति: गठबन्धनलाई कमजोर हुन दिन्नँ

नेपालखबर
असोज २७, २०८० शनिबार ११:५२, काठमाडौँ

कोशी प्रदेशमा नेपाली कांग्रेसका विद्रोही नेता केदार कार्की मुख्यमन्त्री बनेपछि वर्तमान सत्ता गठबन्धनमा फाटो आउने आकलन भइरहेका बेला कांग्रेस नेता डा. शेखर कोइरालाले गठबन्धनप्रति दृढ रहने लिखित प्रतिबद्धता जनाएका छन्।

कांग्रेससहितको गठबन्धनले कोशीको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका नेता इन्द्र आङ्बोलाई अघि सारे पनि शेखर पक्षले विद्रोह गरी केदार कार्कीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाएको थियो। 

रोचक के थियो भने दुवै उम्मेदवारले प्रदेश प्रमुखकहाँ बुझाएको बहुमत हस्ताक्षरमा कांग्रेसका ८ प्रदेशसभा सदस्यका नाम थिए। त्यसपछि प्रदेश प्रमुख परशुराम खापुङले हस्ताक्षर पुष्टि गर्नका लागि आज सम्बन्धित सांसदहरूलाई सनाखतका लागि शनिबार आफ्नो कार्यालयमा बोलाएका थिए।  

तर कांग्रेसका ८ प्रदेशसभा सदस्यले एमालेका ३९ सांसदको समर्थन पाएका कार्कीकै पक्षमा सनाखत गरेपछि उनी मुख्यमन्त्री नियुक्त भएका हुन्। 

यता काठमाडौँमा भने शेखर कोइरालासमेत सत्ता गठबन्धनका नेताहरूको बैठक बसी सत्ता गबन्धनलाई कायमै राख्ने सहमति गरेका छन्। ्

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेता कोइरालाले लिखित गठबन्धन कायम राख्ने लिखित सहमति गरेका हुन्। 

तीन नेताले हस्ताक्षर गरेको सहमतिपत्रमा भनिएको छ, ‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र प्रस्ट छौँ र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुने दिने छैनौँ।’

हेर्नुहोस् सहमतिपत्र-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .