राजनीति


माओवादी सचिव आचार्य अस्वस्थ, चल्न छाड्यो शरीरको दाहिने पाटो

माओवादी सचिव आचार्य अस्वस्थ, चल्न छाड्यो शरीरको दाहिने पाटो

अस्वस्थ आचार्यलाई सेनाको हेलिकोप्टरबाट नेपालगञ्ज लगिँदै


नेपालखबर
असोज १७, २०८० बुधबार ११:४७, कञ्चनपुर

नेकपा (माओवादी केन्द्र) का सचिव डिलाराम आचार्य अचानक अस्वस्थ भएका छन्। 

माओवादी सुदूरपश्चिम इन्चार्जसमेत रहेका उनी तीन महिने पार्टी रुपान्तरण अभियान लिएर अछाम पुगेका बेला गम्भीर अस्वस्थ भएका हुन्। 

अछामको समीक्षा बैठकमा सहभागी हुन पुगेका बेला अचानक अस्वस्थ भएपछि उनलाई स्थानीय बयलपाटा अस्पतालमा उपचारपछि हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको माओवादी सुदूरपश्चिमका सचिव जनक बुढाले जानकारी दिए।

‘प्यारालाइसिस जस्तो समस्या देखियो, कार्यक्रममा सहभागी हुन जाँदा बोल्न सक्नु भएन, एक्कासि स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नेपालगञ्ज लगिएको छ,’ उनले भने।

'जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान'अन्तर्गत माओवादी नेता खगराज भट्ट र सुदूरपश्चिम इन्चार्ज आचार्य जिल्ला जिल्लामा व्यस्त थिए।

अभियान सुरु भएकोा महिना दिनबढी भएकाले उनीहरु जिल्ला जिल्ला पुगेर अभियानको आवधिक समीक्षा गर्दैथिए।

अछामको रामारोशनमा माओवादीको जनतासँग माओवादी, विशेष रुपान्तरण अभियानको आवधिक समीक्षा कार्यक्रम राखिएको थियो।

अस्वस्थ रहेका आचार्य बोल्न सक्दैनन् भने उनको शरीरको दाहिने भाग नचल्ने भएको छ। 

अहिले उनको नेपालगञ्जमा उपचार भइरहेको माओवादी स्थायी समिति सदस्य खगराज भट्टले बताए। तर त्यहाँबाट पनि आचार्यलाई तत्काल काठमाडौं लैजान डाक्टरहरुले सुझाएको भट्टले बताए। 

बुधबार बिहान ६ बजे एक्कासि बोली बन्द भएर शरीरको दाहिने भाग नचलेपछि बयलपाटा अस्पतालमा सामान्य उपचार गरेर सेनाको हेलिकोप्टरबाट नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा भर्ना गरिएको हो।

त्यहाँका पनि डाक्टरले तत्काल उपचार सम्भव नभएको बताएकाले उनलाई काठमाडौं पठाउने तयारी भइरहेको नेता भट्टले बताए। अर्घाखाँचीका स्थायी बासिन्दा आचार्यलाई अहिले काठमाडौं ल्याउन लागिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad