समाज


९१ वर्षीया वृद्धा त्रिशूलीमा हामफालेर बेपत्ता, पैसाको थैली र चप्पल किनारमा भेटियो

९१ वर्षीया वृद्धा त्रिशूलीमा हामफालेर बेपत्ता, पैसाको थैली र चप्पल किनारमा भेटियो

नेपालखबर
असोज १७, २०८० बुधबार ११:५७, काठमाडौँ

नुवाकोटको बिदुर नगरपालिका-५ त्रिवेणी घाटबाट एकजना ९१ वर्षीया वृद्धाले त्रिशूली नदीमा हामफालेर बेपत्ता भएकी छन्। 

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार नुवाकोटकै बिदुर नगरपालिका-५ बस्ने ९१ वर्षीया पुतली अधिकारी त्रिशूलीमा हामफाले बेपत्ता भएकी हुन्। 

आफूले लगाएको चप्पल, लौरो र पैसा राख्ने थैली किनारमा राखेर उनले त्रिशुली नदीमा हामफालेर बेपत्ता भएकी हुन्। 

वृद्धाले त्रिशूलीमा हामफालेको स्थानीयबासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए। 

त्यसपछि प्रहरी चौकी देवीघाटको टोली, सशस्त्र प्रहरीको गोताखोर टोली र स्थानीयबासीले खोजी गरे पनि उनलाई फेला पार्न सकिएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad