ad ad

राजनीति


संविधान निर्माण गर्न नेम्वाङले खेलेको भूमिका जनताले सम्झिरहने छन् : केसी

संविधान निर्माण गर्न नेम्वाङले खेलेको भूमिका जनताले सम्झिरहने छन् : केसी

नेपालखबर
भदौ २६, २०८० मंगलबार १३:६, काठमाडौँ

राष्ट्रिय जनमोर्चाले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले संविधान निर्माणका लागि खेलेको भूमिका जनताले सम्झिइरहने बताएको छ।

अध्यक्ष चित्रबहादुर केसीले मंगलबार विज्ञप्ति प्रकाशित गरी नेम्वाङको हृदयघातका कारण मृत्यु भएको खबरले आफू र राष्ट्रिय जनमोर्चालाई स्तब्ध बनाउनुका साथै दुःखी तुल्याएको बताएका छन्।

गणतन्त्रात्मक प्रणालीसहितको नयाँ संविधान प्रदान गर्नमा नेम्वाङले खेलेको भूमिका महत्त्वपूर्ण रहेको जनमोर्चाले जनाएको छ।

‘वर्तमान नेपालको संविधान २०७२ को निर्माणका लागि संविधानसभामा रहेका दलहरु बिच सहमति, सहकार्य तथा सामञ्जस्यता कायम गर्नका लागि का. सुवास चन्द्र नेम्वाङले खेलेको भूमिका महत्वपूर्ण रहेको थियो। कानुनको क्षेत्रमा उहाँको गहन अध्ययन, बौद्धिक क्षमता तथा सामन्तवाद विरुद्धको ऐक्यबद्धताको परिणाम नै उहाँलाई संविधान निर्माणमा भूमिका खेल्न सम्भव भएको हो’ विज्ञप्तिमा भनिएको छ, ‘मुलुकलाई गणतन्त्रात्मक प्रणालीसहितको नयाँ संविधान प्रदान गर्नमा का. सुवासचन्द्र नेम्वाङले खेलेको भूमिकालाई देश र जनताले सम्झिरहनेछन् ।’

जनमोर्चाले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।

मध्यराति शौचालयमा बेहोस भेटिएका थिए नेम्वाङ, अस्पताल पुर्‍याउनासाथ मृत घोषणा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .