ad ad

राजनीति


मध्यराति शौचालयमा बेहोस भेटिएका थिए नेम्वाङ, अस्पताल पुर्‍याउनासाथ मृत घोषणा

मध्यराति शौचालयमा बेहोस भेटिएका थिए नेम्वाङ, अस्पताल पुर्‍याउनासाथ मृत घोषणा

फाइल तस्बिर : एमाले उपाध्यक्ष सुवास नेम्वाङ


नेपालखबर
भदौ २६, २०८० मंगलबार ९:४७, काठमाडौँ

संविधान सभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ सोमबार राति बालुवाटारस्थित निवासमै सुतिरहेका थिए।

मध्यरातितिर उनी शौचालय गए। तर परिवारका सदस्यले उनलाई राति १ बजेतिर शौचालयमै लडेको अवस्थामा भेट्टाए। उनी बेहोस थिए।

त्यसपछि हतार हतार उनलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्याइयो। 

‘तर त्यहाँ पुग्दासम्म लभगभ उहाँको मृत्यु भइसकेको थियो’, एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले नेपालखबरसँग भने, ‘पारिवारिक स्रोतका अनुसार चिकित्सकले उनलाई हर्टअट्याक (हृदयाघात) भएको भने र, लगत्तै मृत घोषणा गरे।’

एमाले नेता तामाङका अनुसार नेम्वाङलाई मृत घोषणा गर्दा रातको त्यस्तै साढे १ वा २ बजेको थियो।

तामाङले पारिवारिक स्रोतलाई उधृत गर्दै बताएअनुसार आइतबार धरान पुगेर फर्किएका नेम्वाङलाई सोमबार बिहानैदेखि ज्वरो आएको थियो।

ज्वरो निकै आएपछि उनी सोमबार दिनभर घरमै आराम गरेर बसेका थिए। त्यसपछि त्यही दिन राति १ बजे उनी शौचालयमा बेहोस भेटिएका थिए। त्यसपछि उपचारका लागि त्रिवि अस्पताल पुर्‍याउनासाथ चिकित्कसले उनलाई मृत घोषणा गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .