राजनीति


चुच्चे नक्सालाई मान्यता नदिएसम्म प्रधानमन्त्री चीन भ्रमणमा जानु हुँदैन : ज्ञानबहादुर शाही

चुच्चे नक्सालाई मान्यता नदिएसम्म प्रधानमन्त्री चीन भ्रमणमा जानु हुँदैन : ज्ञानबहादुर शाही

नेपालखबर
भदौ १८, २०८० सोमबार १८:१०, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले चीनले नेपालको चुच्चे नक्सालाई मान्यता दिएमात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणमा जान मिल्ने बताएका छन्।

प्रधानमन्त्री दाहालको चीन भ्रमणको तयारी भइरहँदा प्रमुख सचेतक शाहीले नेपालको चुच्चे नक्सा चीनले स्वीकार गरेमात्रै सो भ्रमणमा जान मिल्ने जिकिर गरेका हुन। अन्यथा प्रधानमन्त्री दाहालमाथि तत्कालिन मन्त्रीपरिषद् र संसदको शतप्रतिशत मतले पारित गरेको सो चुच्चे नक्सालाई अस्वीकार गरेको ठहर्ने उनको भनाइ थियो। 

सोमबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ प्रमुख सचेतक शाहीले चीनले नेपालको चुच्चे नक्सा सार्वजनिक नगर्दै सो देशको भ्रमणमा गए उहाँको राष्ट्रवादमाथि पनि प्रश्न उठने बताए।

‘चुच्चे नक्सा नेपाल सरकार, नेपालको शतप्रतिशत सांसदहरुले पारित गरेर गरेको चुच्चे नक्सा चाइनाको आधिकारिक नक्शाबाट हटाईसकेपछि प्रधानमन्त्रीले त्यो नक्शा सार्वजनिक नगर्दै चाइना भ्रमणमा जानु भनेको जुन त्यतिखेरको मन्त्रिपरिषद् र संसदले निर्णय गरेको चुच्चे नक्सा चाहीँ हाम्रो होइन भनेर स्वीकार गर्नु हो,’ उनले भने, ‘त्यसकारण प्रधानमन्त्रीजीले यो कुरा नहुँदासम्म चीन भ्रमणमा जानु हुँदैन। काठमाडौंको मेयरले बहिष्कार गरेजसरी नै प्रधानमन्त्रीले पनि चीन भ्रमण बहिष्कार गर्नुपर्छ। यदि राष्ट्रवादी प्रधानमन्त्री हुनुहुन्छ भने। होइन सत्ता टिकाउनका लागि मात्रै त्यो खेल हो भने यसमा उहाँको सचिवालयले विज्ञप्ती निकाल्नु पर्छ।’

प्रमुख सचेतक शाहीले प्रधानमन्त्री दाहालले सत्ता टिकाउने कामका लागि विदेश भ्रमण गर्न नहुने पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad