राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुकुकको बिद्यमान अवस्थामा व्यक्ति परिवर्तन गरेर समस्या समाधान नहुने भन्दै व्यवस्था र प्रणाली नै परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन्।
सोमबार पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले गणतन्त्र, धर्म निरपेक्षता र संघीयताले मुलुकलाई निस्कनै नसकिने दलदलमा फसाएको भन्दै अब यो व्यवस्था र प्रणालीको विकल्प खोज्ने समय आएको समेत बताए।
सिङ्गो राज्यसत्ता भ्रष्टाचारमा लिप्त भएको भन्दै थापाले सरकारको सुशासन र समृद्धिको गफ हावादारी भएको समेत टिप्पणी गरे।
‘भ्रष्टाचारीलाई कारबाही होइन, सरकार भ्रष्टाचारीको संरक्षक भएर निस्किएको छ, जुन दुर्भाग्यपूर्ण छ’ उनले भने।
राजनीतिक दलका नेता, कर्मचारी, विचौलियाहरुको त्रिकोणात्मक गठजोडले भ्रष्टाचार संस्थागत भएको थापाको दाबी थियो। चुनाव जित्ने, सरकारमा जाने, सत्ता टिकाउने अनि ब्रम्हलुट गर्ने यो दुष्चक्रबाट मुलुकलाई बाहिर निकाल्नुपर्ने आवश्यकता रहेको थापाले चर्चा गरे।
आगामी भाद्र २९ गते काठमाडौंमा हुने वरोध प्रदर्शनको तयारीमा जुट्न नवप्रवेशी युवाहरुलाई थापाले आग्रह गरे।
सो अवसरमा विशाल विक्रम राणाको नेतृत्वमा युवाहरु राप्रपा नेपाल प्रवेश गरेका छन्। साथै राप्रपा गण्डकी प्रदेश सदस्य सुदर्शन केसी राप्रपा नेपाल प्रवेश गरेका राप्रपा नेपालले जनाएको छ।
Shares

प्रतिक्रिया