राजनीति


वैदेशिक रोजगारीमा गएकाहरूको समस्या समाधान गर्न विशेष आयोग गठन गर्नुपर्छ : राजेन्द्र लिङ्देन

वैदेशिक रोजगारीमा गएकाहरूको समस्या समाधान गर्न विशेष आयोग गठन गर्नुपर्छ : राजेन्द्र लिङ्देन

नेपालखबर
भदौ १८, २०८० सोमबार १५:६, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले वैदेशिक रोजगारीमा रहेका युवाहरूको समस्या समाधानका लागि तत्काल विशेष आयोग गठन गर्न सरकारसँग माग गरेका छन्।

सोमबार प्रतिनिधि सभा बैठकमा केही दिन अघि आफू साउदी अरव र यूएईको भ्रमणमा गएको जानकारी गराउँदै उनले उनीहरूको समस्या समाधानका लागि तत्काल विशेष आयोग गठन गर्न सरकारसँग माग गरेका हुन्। 

अध्यक्ष लिङदेनले नेपाली कामदारबाट सबैभन्दा बढी राजश्व उपलब्ध गराउने साउदी अरब र यूएईका राजदुतावास दयनीय अवस्थामा रहेको भन्दै त्यसमा पनि सुधार गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए। 

सरकारले विचौलियाको भर परेर विदेशमा रहेका नेपाली कामदारहरुको समस्या समाधानमा चासो नदिएको आरोप समेत उनले लगाए।

‘केही दिन अघि मैले सबैभन्दा बढी कामदार रहेका साउदी अरब र यूएईको भ्रमण गर्ने र त्यहाँ काम गर्ने नेपाली कामदारहरुसँग साक्षात्कार गर्ने अवसर पाएका थिए। नेपालमा गरिखान नपाएपछि उनीहरू त्यहाँ पुगे। तर, उनीहरूको अवस्था दयनीय छ,’ लिङ्देनले भने, ‘त्यहाँ रहेका राजदुतावासहरुको अवस्था पनि दयनीय छ। सरकारले त्यसले त्यहाँको राजदुतावासको स्थिति सुदृढ बनाओेस्। र वैदेशिक रोजगारमा रहेका युवाहरुको समस्या अध्ययन गर्न र समस्या समाधान गर्न उच्च प्राथमिकतामा राखेर एउटा विशेष कमिशन गठन होस् भनेर माग गर्न चाहन्छु।’

अध्यक्ष लिङदेनले नेपालमा रोजगारी नपाएपछि विदेश जान बाध्य भएका युवाहरुको समस्या समाधानका लागि सरकारले उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad