ad ad

राजनीति


परराष्ट्रमन्त्री ज्ञवाली फागुन ५ देखि बंगलादेशकाे ३-दिने भ्रमणमा जाने

परराष्ट्रमन्त्री ज्ञवाली फागुन ५ देखि बंगलादेशकाे ३-दिने भ्रमणमा जाने

नेपालखबर
माघ ८, २०७६ बुधबार १७:४७,

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले फागुन ५ देखि ७ गतेसम्म बंगलादेशको तीन–दिने भ्रमण गर्ने भएका छन्।

सो भ्रमणका बेला दुई देशबीच व्यापार, पारवहन र कनेक्टिभिटीका विषयमा छलफल हुनेछ। ज्ञवाली बंगलादेशी समकक्षी डा. ए.के. अब्दुल ममेनको निमन्त्रणामा जान लागेका हुन्।

‘परराष्ट्रमन्त्रीको भ्रमणका बेला नेपाल, भारत र बंगलादेशबीचको त्रिदेशीय विद्युत प्रसारण लाइनसम्बन्धी छलफल एक महत्वपूर्ण एजेण्डाको रुपमा रहेको छ,’ परराष्ट्रमन्त्रीको सो भ्रमणबारे जानकार स्रोतले नेपालखबरसँग भन्यो।

३० किमीभन्दा कम दुरीले छुट्टिएका यी दुई दक्षिण एसियाली मुलुक नेपाल र बंगलादेशबीच अपेक्षाकृत व्यापार तथा अन्य गतिबिधि हुन सकेको छैन।

केहिवर्ष पहिलेसम्म बंगलादेशसँग व्यापार नाफामा रहेको नेपालले पछिल्ला चार–पाँच वर्षदेखि निरन्तर बढ्दो व्यापार घाटा व्यहोरिरहेको छ।
केहि समययता बंगलादेशले नेपालमा निर्माणाधिन केहि ठूला जलविद्युत परियोजनाहरुबाट उत्पादित विजुली किन्ने तत्परता देखाउँदै आएको छ। त्यसका लागि विभिन्न चरणमा नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय वार्ता भइरहेको छ।

सन् १९७२ अप्रिल ८ मा द्विपक्षीय सम्बन्ध स्थापित भएयता नेपाल र बंगलादेशबीच अत्यन्त मित्रतापूर्ण सम्बन्ध रहँदै आएको छ। बंगलादेश छुट्टै स्वतन्त्र राष्ट्र बनेपछि उसलाई मान्यता दिने नेपाल सातौँ मुलुक हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .